२२ भाद्र २०८३ सोमबार
image/svg+xml

महामारी रोक्न रसुवा पठाइयो २१ हजार हैजाको खोप र परीक्षण किट

बाढीपहिरोपछि उत्पन्न हुनसक्ने संक्रामक रोगको महामारी नियन्त्रण तथा पूर्वतयारीका लागि सरकारले रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाएको छ।

‘ब्रेक थ्रु’ नभएसम्म टनेलमा खोज जारी रहन्छ : सेना

नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ।

कोठाभित्र मृत भेटिए ३५ वर्षीय राजकुमार: श्रीमती, आमा र भाइसहित ५ जना पक्राउ

मकवानपुरको बकैया गाउँपालिकामा आफ्नै सुत्ने कोठाभित्र एक युवक शंकास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले श्रीमती, आमा र भाइसहित पाँच जनालाई नियन्त्रणमा लिएर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।

पानी खोज्दै गाउँ नै रित्तिने डर, सुकेका मुहान ब्युँझाउन जुटे काभ्रेका ७ स्थानीय तह

जलवायु परिवर्तन, भूकम्प तथा जथाभावी पूर्वाधार विकासका कारण काभ्रेपलाञ्चोकका २७ प्रतिशत खानेपानीका मुहान सुकेका छन्।

ढोका फोडेर पसे, टेपले मुख बाँधेर वृद्ध दम्पतीलाई लुटे

मध्यराति घरमै सुतिरहेका ८५ र ८६ वर्षीय वृद्ध दम्पतीलाई डोरी तथा टेपले बाँधेर ज्यान मार्ने धम्की दिँदै चोरी गर्ने पाँच सदस्यीय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

देशबासीका नाममा सम्बोधन गर्दै राष्ट्रपतिले के के भने ? (पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय एकताका साथ अघि बढ्न सरकार, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नागरिकलाई आह्वान गरेका छन् ।

पर्यटन व्यवसायी भन्छन्: ७० प्रतिशत पुगेको बुकिङ ५ प्रतिशतमा झर्‍यो

जब रसुवा भोटेकोशीमा बाढी आयो, बाढीमा परेर सयौं विदेशी पर्यटक अहिले पनि सम्पर्कविहीन छन्। त्यही प्रभाव पर्यटकीय सिजनमा पर्दा अहिले विदेशी पर्यटकले होटलको अग्रिम बुकिङ धमाधम रद्द गरिरहेका छन्।

दोषारोपण छोडेर एकताबद्ध हुन राष्ट्रपतिको आह्वान

अबको समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने भन्दै विकासको मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘फेस अफ नेपाल २०२६’ को उपाधि सुमन र जियोनलाई

ललितपुरको ग्वार्कोस्थित रोयल टुलिपमा आइतबार सम्पन्न ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनीहरू शीर्ष विजेता बनेका हुन्। प्रतियोगितामा आइस्ता जोशी र अनिशा श्रेष्ठ पनि विजेता घोषित भएका छन्।

विपद्मा ज्यान गुमाएकाप्रति राष्ट्रपतिको श्रद्धाञ्जली, बेपत्ताको खोजीमा विशेष ध्यान दिने प्रतिबद्धता

राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो समय देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोलगायतका प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा सम्पर्कविहीन नागरिकको खोजीलाई सरकारले विशेष प्राथमिकता दिने बताएका छन्।

५० हजार घुस लिने कलंकी नापीका अधिकृत र सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जग्गा हालसाविक गरी प्लट मिलान गरिदिने बहानामा सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय कलंकीका तत्कालीन दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

रसुवा बाढीका २१ घाइतेको शिक्षण अस्पतालमा उपचार हुँदै

बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

बाढीपहिरोपीडितका लागि कांग्रेसले दियो एक करोड

रसुवा, नुवाकोटलगायतका जिल्लामा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्