कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हानिनोक्सानी कोषबाट प्राप्त हुने अनुदान रकम बाढी प्रभावित समुदायसम्म प्रभावकारी रूपमा पुर्याइने बताएकी छन्।
जलवायु परिवर्तनका कारण हुने हानिनोक्सानी सम्बोधन गर्न स्थापना गरिएको हानिनोक्सानी कोषको बोर्ड बैठकले बिहीबार नेपाललाई दुई करोड अमेरिकी डलर (तीन अर्ब रुपैयाँभन्दा धेरै रुपैयाँ) अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेपछि मन्त्री चौधरीले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्।
‘अब यो रकम बाढी प्रभावित र भुइँतहका नागरिकसम्म पुर्याउन सरकारले कुनै कसर बाँकी राख्ने छैन,’ मन्त्री चौधरीले भनिन्।
बाढीका कारण नेपालले बेहोरेको क्षतिको तुलनामा सहयोग रकम न्यून भए पनि कोषको निर्णय नेपालका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
‘जलवायु न्यायका लागि हामी अझ बलियो भएर लाग्नेछौँ,’ मन्त्री चौधरीले भनिन् ।
प्रकाशित: ५ कार्तिक २०८३ २१:२४ बिहीबार


-600x400.jpg)


