५ कार्तिक २०८३ बिहीबार
image/svg+xml
खेल

एनपिएलको टिकट मूल्य सार्वजनिक, ५०० देखि दुई हजारसम्म

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरेको छ।

लिग चरणका खेल हेर्न साधारणतर्फ ५०० र प्रिमियमतर्फ एक हजार रुपैयाँ तिर्नुपर्नेछ। इलिमिनेटर र फाइनल खेलको टिकट मूल्य भने क्रमशः एक हजार र दुई हजार रुपैयाँ तोकिएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्। 

टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिनेछ।

आठ टोली सहभागी एनपिएल सोमबारदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

प्रकाशित: ५ कार्तिक २०८३ १९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App