२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अवरुद्ध बेनी–जोमसोम सडक एक हप्तापछि खुल्यो

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ।

खाल्टाखुल्टी पुर्न वार्षिक १४ अर्ब बजेट

समयमा सडक मर्मत नगरेको भन्दै जनस्तरबाट चर्को आलोचना हुँदै आएका बेला सडक विभागले पर्याप्त बजेट नभएकाले मर्मत गर्न नसकेको बताएको छ।

राजविराज–कुनौली सडक निर्माण अलपत्र

सप्तरी सदरमुकाम राजविराजलाई जिल्लाको दक्षिणी भेगसँग जोड्ने एकमात्र राजविराज–कुनौली सडक खण्डअन्तर्गत पर्ने खाँडो नदीमा पुल निर्माण कार्य थालिएको ४ वर्षभन्दा बढी भयो।

बेनी–जोमसोम सडक छियाछिया

हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ।

चिनिया नाका जोड्ने सडक सुचारु

तीन दिनदेखि अवरुद्ध रहेको धुन्चे स्याफ्रु सडक खण्ड आज विहानदेखि सुचारु भएको छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने यो सडक पहिरोका कारण सोमबार साँझदेखि अवरुद्ध बनेको थियो। एक साताअघि पहिरो पन्छाएर सुचारु गरेको खोपाङभीरको सडकमा पुनः पहिरो खसेपछि सवारी आवतजावत ठप्प बनेको थियो।

विद्युत्का पोल र तार निर्माणमा बाधक

दुई लेनको मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्डको निर्माण कार्यमा विद्युतीय पोल र तार बाधक बनेका छन् । विद्युतीय पोल र तार सार्न सम्बन्धित निकायलाई आग्रह गर्दा पनि सुनुवाइ नभएकाले सडक निर्माण कार्य ढिलाइ भइरहेको निर्माण कम्पनीको भनाइ छ।

दिनभरि दुःख दियो पहिरोले

बाराबाट काठमाडौंका लागि हिँडेका लक्ष्मी गुप्ता मंगलबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर १ को रामनगरमा थिए । नारायणढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोका कारण उनको गाडी रामनगरमा रोकिएको थियो।

नारायणगढ मुग्लिन सडक एकतर्फी खुल्यो

नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी खुलेको छ। सडकखण्डको चारकिलोमा गएको पहिरो हटाएर सवारी आवागमन एकतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। नारायणगढ मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा मंगलबार बिहान करिब एक बजेदेखी दुईतर्फी सवारीआवागमन बन्द भएका थियो।

नारायणगढ–मुग्लिन सडक अझै खुलेन, मध्यरातसम्ममा खुलाउने प्रयास जारी(फाेटाे फिचर)

राती करीब एक बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुलेको छैन । सडकखण्डको सत्रकिलो, चारकिलो, गाईघाट, घुमाउने, जलबिरेलगायतका स्थानमा खसेका ठूलो पहिरोका कारण बाटो खुल्न सकेको छैन।

वर्षाले सडक अवरुद्ध, बाढीले बगाएर एकको मृत्यु

अविरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले १० घण्टासम्म अवरुद्ध भएको कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको वसन्तपुर–म्याङ्लुङ सडकखण्ड सुचारु भएको छ।

ठूलाे पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

झिलीमिली पारिँदै ललितपुरका सडक

ललितपुर महानगरले दसैं अगावै सडक झिलिमिली पार्ने योजना सुरू गरेको छ । अत्याधुनिक सडक बत्तीको अवधारणासहित सडक झिलिमिली पार्न महानगर कस्सिएको हो।

कहिले बन्लान् कंलकी–नागढुंगा र बौद्ध–साँखु सडक?

कंलकी–नागढुंगा र बौद्ध–साँखु सडक राष्ट्रियस्तरमै चर्चा भइरहन्छ बेलाबेला । सर्वसाधरणको दबाब थेग्न नसकेपछि कहिलेकाहीँ मर्मत कार्य गरिन्छ, खाल्डा पुरेर।

व्यापारिक मार्ग निर्माणमा ढिलाइ

मुलुकको प्रमुख व्यापारिक मार्ग वीरगन्ज–पथलैया सडक ६ ‘लेन’ बनाउन निर्माण कम्पनीहरु र व्यापारिक मार्ग विस्तार आयोजनाबीच सम्झौताका दौरान तोकिएको समयसीमा सकिँदा निर्माण कार्य भने ५० प्रतिशत मात्र पूरा हुन सकेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्