२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना संक्रमणबाट बाँकेमा थप दुईको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा थप २ जनाको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

विद्युतको पोलबाट करेन्ट लाग्दा बालकको मृत्यु

माटी फुटेर पोलमा प्रवाह भएको करेन्ट लाग्दा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १० वर्षीय बालक टिकीहाङ राईको मृत्यु भएको हो।

रौतहटका थप दुई संक्रमितको मृत्यु

यसअघि सदरमुकाम गौरको महादेवपटि गाउँका एक ज्येष्ठ नागरिकको मृत्यु भएकोमा मंगलवार थप दुई संक्रमितको मृत्यु भएको हो।

आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो। आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ।

दुई बेहुलीसहित तीन युवतीको कोरोनाबाट मृत्यु

सरकारले कोरोना महामारीकाबीच पनि बिहेको अनुमति दिइरहेकै बेला बिहे र जात्राामा सरिक तीन युवतीको संक्रमणबाट मृत्यु भएको छ। राजधानीका कोभिड उपचारमा सलग्न अस्पतालका अनुसार उनीहरूको कोरोनाका कारण निमोनिया भएपछि मृत्यु भएको हो।

एकै दिन ५५ को मृत्यु

विगत २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट एकै दिन यति धेरैको मृत्यु भएको यो पहिलोपटक हो। मंगलबारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४ सय १७ पुगेको छ।

कोराेनाबाट सेती अस्पतालमा ६ जनाको मृत्यु

सुदूरपश्चिममा नयाँ भेरियन्टसहितकाे कोराेना भाइरसको संक्रमणले सेती प्रादेशिक अस्पतालमा ६ जनाको मृत्यु भएको छ।

बैतडी जिप दुर्घटनाः मृतक संख्या ५ पुग्यो

बैतडीको पञ्चेश्वर गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

मोरङमा ६ जना कोरोना संक्रमितको मृत्यु

मोरङमा कोरोना भाइरसको संक्रमणबाट छ जनाको मृत्यु भएको छ। मोरङको बेलबारीमा होम आइसोलेसनका १ जना, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ४ जना र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जना गरि छ जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

चट्याङ लागेर वडा सदस्यको मृत्यु

सोमबार राती साढे ८ बजे परेको चट्याङ लागेर पञ्चेश्वर गाउँपालिका–६ का वडासदस्य गोविन्दसिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

वैशाखयता बाँकेमा कोरोना संक्रमणबाट ९७ जनाको मृत्यु

तीव्र रुपले कोरोना संक्रमण फैलिएपछि वैशाख महिनायता मात्रै बाँकेमा कुल ९७ जनाको मृत्यु भएको छ।

२४ घण्टा नबित्दै बाँकेमा थप १० संक्रमितको मृत्यु

नयाँ भेरियन्टका रुपमा तीव्र फैलिएको कोरोना संक्रमणबाट बाँकेमा दिनहुँ मृत्युदर बढिरहेको छ। बाँकेमा २४ घण्टा नबित्दै थप १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका ९ र बर्दियाका १ जना रहेका छन्।

बुटवलमा पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु

गम्भिर लक्षण सहितका कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्थिती भयावह बन्दै गएको छ। पछिल्लो २४ घण्टामा बुटवलको कोरोना अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरीएका ६ जना संंक्रमितको मृत्यु भएको छ।

बाँकेमा थप पाँच संक्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

बाँकेमा २४ घण्टाभित्र ११ संक्रमितको मृत्यु

बाँकेमा बितेको २४ घण्टाभित्र ११ जना संक्रमितको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० की ४४ वर्षीया महिलाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्