१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बैतडी जिप दुर्घटनाः मृतक संख्या ५ पुग्यो

बैतडीको पञ्चेश्वर गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। मंगलबार दिउँसो रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र घाइते जिप चालकको उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्युु भएको हो।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा करिब ५० वर्षीय जीतसिंह भण्डारी, करिब ३० वर्षीय डम्मरसिंह भण्डारी, करिब २७ वर्षीय हिक्मतसिंह भण्डारी र करिब ४० वर्षीय दीपकसिंह भण्डारीको घटनास्थलमै मृत्यु हो भने जिप चालक तेजबहादुर बोहराको उपचारका ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक सबै वडा नम्बर–६ कै स्थानीय रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनका अनुसार घाइते ५ जनालाई उपचारको लागि जिल्ला अस्पतात बैतडी ल्याइँदै छ। जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ। साँघुरो घुम्तीमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७८ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App