२२ पुस २०८१ सोमबार
image/svg+xml

पशुपती क्षेत्रका बासिन्दा आन्दोलित

पशुपति क्षेत्र विकाश कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् ।

पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित

विगत १० महिनादेखि निमित्त उपकुलपतिको भरमा चलेको पोखरा विश्वविद्यालय पछिल्लो ३ महिनादेखि उपकुलपति विहिन भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । उपकुलपति नियुक्तीको माग गर्दै विद्यार्थीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी शान्तीपूर्ण प्रर्दशन गरेका थिए ।

राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै उद्योगी, ब्यवसायी आन्दोलित

कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित भएको उद्योग, व्यवसाय क्षेत्रलाई मौद्रिक नीतिमार्फत राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन् ।

निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित

कोभिड–१९ को नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलब–सुविधा नपाएको भन्दै झापाका निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका छन्।

निजामति सेवा ऐनः नासुहरु आन्दोलित

संसदीय समितिले निजामति सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलनमा उत्रेका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरुको घाँटी निमोट्ने काम भएको भन्दे नासुहरु आन्दोलनमा उत्रिएका हुन्।

‘नियम मिचिएको’ नियुक्तिविरुद्ध प्राध्यापकहरू आन्दोलित

त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले नियम मिचेर अवैधानिक रूपमा त्रिवि वनविज्ञान अध्ययन संस्थानको सहायक डिन र पोखरलश्रक्याम्पस प्रमुख नियुक्त गरेको भन्दै प्राध्यापकहरू आन्दोलित बनेका छन्।

जीवविज्ञानबाट गणित हटाएपछि शिक्षक आन्दोलित

नयाँ पाठ्यक्रम संरचना अनुसार कक्षा ११ र १२ दुवैमा जीवविज्ञान समूहका विद्यार्थीले अंग्रेजी, नेपाली र सामाजिक विषय अनिवार्य अध्ययन गर्नुपर्ने छ भने ऐच्छिक विषयमा जीवविज्ञान, भौतिकशास्त्र र रशासयनशास्त्र पढ्नुपर्छ। विद्यार्थीले चाहेमा गणित अध्ययन गर्न सक्छ तर त्यो ननक्रेडिट हुने केन्द्रले जनाएको छ।

अवैध गिट्टीढुंगामा कडाई गरेपछि ट्याक्टरबाटै नगर कार्यालय घेराउ

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्दै आएका ट्याक्टर पक्राउ परेपछि उदयपुर बेलका नगरपालिकाका ट्याक्टर चालक आन्दोलित भएका छन्।

आरुघाटबासी आन्दोलित, प्रधानमन्त्रीदेखि प्रजिअको पुत्ला दहन

बूढीगण्डकी जलविद्युत् आयोजनाले आरुघाट, आर्खेत क्षेत्रको मुआब्जा थोरै निर्धारण गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । जग्गाको वर्गीकरण, मुआब्जा निर्धारण गर्दा पाँच वर्षअघि किनबेच भएको मूल्यभन्दा थोरै निर्धारण भएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै स्थानीय आन्दोलित

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि डडेल्धुरा पुगी १७औ पटक सत्याग्रह थालेको डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै आन्दोलन गरि रहेको नागरिक आन्दोलन संघर्ष समिति डडेल्धुराले आगामी कार्यक्रम तय गरेको छ।

आन्तरिक प्रतिस्पर्धा गर्नै मौका दिनुपर्ने भन्दै राहत शिक्षक फेरी आन्दोलित

सरकारले आन्तरिक प्रतिसपर्धा गर्ने मौका दिनुपर्ने भन्दै नेपाल राहत शिक्षकहरुले फेरी आन्दोलन गर्ने भएका छन्। अस्थायी शिक्षकलाई जसरी लोकसेवमा आन्तरिक रुपमा प्रतिसपर्धा गराई स्थायी गर्नुपर्ने भन्दै राहत शिक्षकहरुले आन्दोलन गर्ने भएका हुन्।

तोकिएको मूल्य नपाएपछि उखु किसान आन्दोलित

पश्चिम नवलपरासीस्थित लुम्बिनी चिनी मिल सुनवलले सरकारले निर्धारण गरेको भन्दा कम मूल्य भुक्तानी गर्न थालेपछि उखु किसान आन्दोलित भएका छन्। बन्द रहेको चिनी मिल तत्काल सञ्चालन गर्न र सरकारले तोकेकै मूल्य निर्धारण गर्न किसानले माग गरेका छन्।

सिटिइभिटीका कर्मचारीहरु एक सातादेखि आन्दोलित

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)मा कार्यरत कर्मचारीहरूले ११ बुँदे माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन्।

विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने माग

चितवन मेडिकल कलेजले एमबिबिएस अध्ययनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित भएका छन्। कलेजले विद्यार्थीबाट असुल गरेको बढी शुल्क फिर्ता गर्नुपर्ने आन्दोलित विद्यार्थीको माग छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्