२ मंसिर २०८१ आइतबार
image/svg+xml

खोलाले बगाउँदा बेपत्ता

पौडी खेल्ने क्रममा आईतबार दिउँसो हेवा खोलाले बगाएर एक जना बेपत्ता भएका छन्। मेची राजमार्गको पुल छेउबाट खाेलाले एकलार्इ बगाएर बेपत्ता बनाएको हाे भने अर्का एकजनाकाे स्थानियले उद्धार गरेका छन्।

भारतले सप्तकोसीको बहाव परिवर्तन गरिदिंदा सप्तरीका हजारौं घर डुवानमा (भिडियाे)

सोमबार अबेर साँझ बस्ती पसेको बाढी अझै साम्य भएको छैन्। थोरै पानी घटेको छ तर अवस्था भने उस्तै। अझै घरहरुमा डेढ फिटसम्म पानी रहेको स्थानीय पीडितहरुको भनाई छ। बस्तीको तल्लो भेगमा भने ५ फिटसम्म पानी रहेको स्थानीयहरु बताउँछन्।

प्रशासन भन्छ : पप्पुलार्इ कारवाही गर्ने कानुनी आधार छैन्

गत शुक्रबार कमला नदी पार गर्ने क्रममा दुधौली नगरपालिकाकै ६५ बर्षिय मलेसी दनुवारको ज्यान गयो।  लामो समयदेखि कमला नदीमा निर्माणधिन पुल नबनेपछि बर्षेनी यहाँका स्थानीयले ज्यान गुमाउँदै गएका छन्। पप्पु कन्ट्रक्सनको लापरवाहीले सिन्धुलीको दुधौली नगरपालिका ३ झुगा र दुधौली नगरपालिकाकै वडा नं. २ हत्पते जोड्ने कमला नदीमा निर्माणधिन पक्की पुल आठ बर्षदेखि अलपत्र अबस्थामा परेको नदी पार गर्दा कतिबेला कसको ज्यान जान्छ भन्नेमा स्थानीय सधै त्रसित छन्।

पप्पु कन्स्ट्रक्नमाथि कारबाही माग

गत शनिबार रौतहटको गौर ४ टिकुलियामा रहेको बकैया नदीमा भएको डुंगा दुर्घटनाको मुख्य दोषी पप्पु कन्स्ट्रक्सन रहेको भन्दै चारैतिरबाट कारबाहीको माग हुन थालेको छ।

शोकमा नीपाने गाउँ : सहपाठी बचाउन खोज्दा जीवन गुम्यो

कमला नदीमा पुर्णिमाको जल भर्ने क्रममा नुहाउने क्रममा भासिएर डुब्न लागेका सहपाठीलाई बचाउन नगइदिएको भए राहुल राउत गोलबजार–४(नीपाने) स्थित आफ्ने घरमा हुन्थे। जहाँ आइतबार उनकी बहिनी रोशनी राखी लिएर उनको प्रतीक्षामा थिइन। उनले शुक्रबारै गोलबजारबाट राखी किनेर घरमा राखिसकेकी थिइन। तर त्यसो हुन सकेन।

पप्पु कन्स्ट्रक्सनको लापरबाहीले डुंगा दुर्घटना : नेकपा

पप्पु कन्स्ट्रक्सनको लापरबाहीले लालबकैया नदीको टिकुलीया घाटमा डुंगा दुर्घटना भएको भन्दै नेकपा रौतहटले सम्बन्धित निर्माण कम्पनीलाई कार्वाहीको माग गरेको छ।

कमलाले खोस्यो महतो परिवारको खुसी

दुर्घटना नभइदिएको भए कृष्णकुमार महतो औरही–२ तुलसीपुरस्थित आफ्नो घरमा हुन्थे। जहाँ दुई दिदीबहिनी पुनमदेवी र सोनीकुमारी राखी लिएर उनको प्रतीक्षामा थिए। तर त्यसो हुन सकेन।

पप्पु कन्स्ट्रक्सनको लापरबाहीले गयाे ज्यान

लालबकैया नदीमा निर्माणाधीन पुलको काम तोकिएको समयमा नसकिँदा शनिबारको डुंगा दुर्घटना भएको आरोप पीडितले लगाएका छन्।

कमला नदीमा बेपत्ता भएका तीन मध्ये एकको शव फेला

कमला नदीमा नुहाउने क्रममा शनिबार साँझ बेपत्ता भएका तीनजना मध्ये एकजनाको शव आइतबार मध्यान्ह फेला परेको छ।

कमला नदीमा नुहाउँने क्रममा तीन बेपता, खोजीकार्य जारी

कमला नदीमा नुहाउने क्रममा शनिबार साँझ तीनजना बेपत्ता भएका छन्। बेपता हुनेमा सिरहा गोलबजार ४ का १४ वर्षीय मन्जय महरा, १५ वर्षीय राहुल महरा र अर्नामा गाउँपालिका ५ का १९ वर्षका कृष्ण कुमार महतो रहेका छन् ।

दुई बालिकाको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका दुई जना बालिकाको माछा मार्ने क्रममा आज दोदा नदीमा डुबेर मृत्यु भएको छ।  मृत्यु हुनेमा १४ वर्षीया अञ्जली चौधरी र १० वर्षीया माला राना रहेका छन्। साथीसँगै माछा मार्न गएका दुवै बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

पौडी खेल्न गएका सुजित नारायणीमा बेपत्ता

नारायणी नदीमा पौडी खेल्न गएका एक किशोर बपत्ता भएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १६, शरणपुरका १६ वर्षीय सुजित भुजेल बेपत्ता भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्