२१ असार २०८१ शुक्रबार
image/svg+xml

अमेरिकाले भन्योः नेपाल भारतीय आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल

संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल भएको बताएको छ।

नेपाल-भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ, ६१ करोड अनुदान सहयोग

मकवानपुरको हेटौंडामा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरिएको छ। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यबाहक राजदूत डा. अजय कुमारको उपस्थितिमा मंगलबार परियोजनाको शुभारम्भ गरेका हुन्।

प्रशासन जिम्मेवारीबाट भागेको आरोप

बढ्दो प्रदूषण रोक्नका लागि राज्य सरकारहरु असफल भएको र आफ्नो जिम्मेवारीबाट भागेको भारतको सर्वोच्च अदालतले आरोप लगाएको छ। प्रशासनहरु प्रदूषणको तह घटाउने ठोस कदम चाल्नेभन्दा पनि अनावश्यक प्रचारप्रसारमा मात्रै रमाइरहेको आरोप पनि देशको सर्वोच्च अदालतले लगाएको छ।

प्रधानसेनापति भेट्न भारतीय सेनाका जनरल जंगी अड्डामा

भारतीय सेनाका क्वार्टर मास्टर जनरल गोपाल आरले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन्। थापालाई भेट्न जनरल आर सोमबार सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए।

टेलिफोन टावर बनाउन भारतीय कम्पनीलाई अल्टिमेटम, ६ महिनाको काम २ वर्षसम्म गरेन

जाजरकोटमा नेपाल टेलिकमका ६ वटा टेलिफोन टावर बनाउन जिम्मा लिएको एक भारतीय कम्पनीलाई यहाँका सरोकारवालाहरुले पुस मसान्तभित्र काम सक्न अल्टिमेटम दिएका छन्।

नेपालको कबड्डी प्रशिक्षण भारतमा

आगामी मंसिरमा नेपालमा तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण महाराष्ट्रको कोलापुरमा हुने भएको छ। नेपालको पुरुष र महिलाको दुवै राष्ट्रिय टोलीले १३ औं साग लक्षित प्रशिक्षण भारतमा गर्न लागेको हो।

अपहरणको आरोपमा दुई भारतीय नागरिक पक्राउ

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्।

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन। भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन्।

रौतहटको सदरमुकाम गौरमा गोली चल्यो, एक भारतीय नागरिक घाइते

रौतहटको सदरमुकाम गौरमा गोली चलेको छ। गोली चल्दा एक भारतीय नागरिक घाइते भएका छन्।

भारतमा बलात्कार, नेपालमा पक्राउ !

भारतमा बलात्कार गरेर फरार अभियुक्तलाई नेपालमा पक्राउ गरिएको छ। भारतको मुम्बईमा विवाहित महिलाको बलात्कार गरी प्रहार रहेका पश्चिम रुकुम चौरजहारी ७ का ३० वर्षीय मनबीर सुनारलाई जिल्ला प्रहरी कार्यालय सल्यानले कात्तिक २ गते पक्राउ गरेको हो।

सौरभ गांगुलीले भारतीय क्रिकेट बोर्ड अध्यक्षको जिम्मेवारी सम्हाले

भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीले बुधबार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को अध्यक्षको जिम्मेवारी लिएका छन्।

मैनडाँडासम्म नियमित बस सञ्चालन

जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–१ धापसम्म यात्रुबाहक बस पुगेपछि वर्षौँदेखि आफ्नै घरआँगनबाट बस चढेर शहर जाने यहाँका जनताको रहर बल्ल पूरा भएको छ ।

कस्तुरीको बीनासहित दुई भारतीय पक्राउ

कस्तुरीको बीनासहित सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मलेसियाका प्रधानमन्त्रीले भनेः कश्मीर मुद्दामा अडिग छौं, भारतले निहुँ खोजे जवाफ दिन्छौं

मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले कश्मीर मुद्दामा आफूहरुको अडान यथावत रहेको बताएका छन्। महाथीरले संयुक्त राष्ट्रसंघको महासभामा भारतले कश्मीरलाई कब्जामा लिएर अन्याय गरेको बताएका थिए। जसमा भारतले आपत्ति जनाएको थियो।

‘सत्ताका लागि ओली पश्चिमा राष्ट्र र प्रचण्ड भारत रिझाउँदै छन्’

नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता स्वार्थका लागि छुटाछुट्टै देशको समर्थन जुटाउन लागि परेको टिप्पणी गरेको छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्