२३ पुस २०८१ मंगलबार
image/svg+xml

देउवाले बोलाए आकस्मिक बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी आकस्मिक बैठक बोलाएका छन्। शनिवार विहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन्।

कांग्रेसले बोलायाे पदाधिकारी बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ।

राज्यले अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्नु गैरजिम्मेवार प्रवृत्ति होः नेता शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्कटका बेला नागरिकलाई आग्रह गरिरहँदा हतास नभई विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने जनाएको छ।

हठात संसद् अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृत्ति देखायो: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक हठाहत अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृति प्रर्दशन गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले जनसरोकारका कयाैं विषयमा छलफल गर्न छाडेर बैठक अप्रत्यासित रूपमा अन्त्य गरेको आरोप लगाएको हो।

कांग्रेस नेता शाहीद्वारा प्रमुख प्रतिपक्षी दलको सुविधा फिर्ता

शाहीले कोरोना अवधिभर पनि गाडी प्रयोग गरेनन् । कोरोना संक्रमितहरुलाई समयमै अस्पतालसम्म पुर्‍याउने प्रयोजनका लागि भन्दै सचिवालयमार्फत गाडी फिर्ता गरेका थिए ।

मैले मै प्रधानमन्त्री हुनुपर्छ भनेको छैन : देउवा

उनले भने, “म आफैँ प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन, वास्तविक धरातलमा बसेर काम गर्नुपर्छ, अहिले परिस्थिति अनुकूल छैन, मैले मै प्रधानमन्त्री हुनुपर्छ भनेको छैन, व्यक्ति खडा गरौँ पार्टीको सिद्धान्त र आदर्शसँग कसैसँग सम्झौता गर्दिन।”

सरकारले जनमतको घोर अपमान गर्‍यो: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महामारी, मृल्यवृद्धि, अभाव र वेरोजगारीका कारण आम जनताको जीवन थप कष्टकर हुँदा पनि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ताको छिनाझपटीम व्यस्त रहेको ठहर गरेको छ।

कांग्रेसमा टकराव

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणका कारण आम जनताको स्वास्थ्यमाथि गम्भीर संकट उत्पन्न भइरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक विवादमा फसेपछि अनेक जनगुनासा सुनिन थालेका छन्।

कांग्रेसले सडक र सदन तताउने

सभापतिज्यू अरुमाथि आफैंले लागु गराएको नियम आफूमाथि चाहिँ लागु हुनुहुँदैन भन्ने अवधारणा र मान्यताले हामीलाई पार्टी–जीवनबाट अराजकतातिर धकेल्छ, लोकतन्त्रबाट च्यूत गराएर भीडतन्त्रमा प्रवृत्त गराउँछ।

मौद्रिक नीतिमा कांग्रेसको पाँच सुझाव

पुनरुत्थान, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, विनिमय दर एवं बाह्य भुक्तानी सन्तुलन र नियमन तथा सुपरिवेक्षणमा केन्द्रित हुनुपर्छ।

सरकारलाई गम्भीर बन्न कांग्रेसको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण गर्न सरकारलाई गम्भीर बन्न आग्रह गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। सरकारको गैरजिम्मेवारपन, अकर्मण्यता, अक्षमताले अहिलेको अवस्था आएको कांग्रेसले आरोप लगाएको हो।

प्रतिक्रियामै सीमित प्रमुख प्रतिपक्षी

अहिले पनि गुटगत झुन्डमा भर्चुअल छलफलमा सीमित बनेका कांग्रेस नेता खाली पेट र खाली खुट्टा घण्टौं हिँडेर आफ्नो थातथलो आइपुगेका जनताप्रति न्यूनतम मानवीय व्यवहार नहुँदा समेत चुपचाप छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्