१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरमा उपरथी हमाल

नेपाली सेनाका उपरथी ईश्वर हमाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको फोर्स कमाण्डर नियुक्त भएका छन्। उनलाई संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसले फोर्स कमाण्डरमा नियकुक्त गरेका हुन्। यस अघि नेपालकै शिवराम खरेल फोर्स कमाण्डर रहेका थिए।

सेना दिवसमा फुटबल

महाशिवरात्रि तथा सेना दिवसको अवसर पारेर खड्ग दल गण रोल्पाले मैत्रिपूर्ण रनिङ सिल्ड फुटबल प्रतियोगिता सम्पन्न गरेको छ। दुई दिनसम्म सञ्चालन हुने खेलमा चार टिमले सहभागिता जनाएका थिए। नेपाली सेना, नेपाल प्रहरी/सशस्त्र प्रहरी, कर्मचारी मिलन केन्द्र र उद्योग वाणिज्य संघका खेलाडीहरुले प्रतियोगितामा भाग लिएको खड्ग दल गणले जनाएको छ।

सेनाको निःशुल्क स्वास्थ्य शिविर

नेपाली सेनाले जिल्लाको रावाबेँसी गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

यसरी मनाइयो नेपाली सेना दिवस (फोटोफिचर)

महाशिवरात्रि एवं सेना दिवसको अवसरमा शुक्रबार नेपाली सेनाले काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन्। कार्यक्रममा नेपाली सेनाले सैनिक कौशल प्रदर्शनी गरेको थियो।

सेना दिवसको सान्दर्भिकता

सेना दिवस मनाउने चलन राजा वीरेन्द्रका पाला र प्रधानसेनापति महारथी सत्चित शमशेर राणाको कार्यकालबाट सुरु भएको हो। संसारका प्रायः सबै सेनाले आफ्ना दिवस मनाउँछन्।

अवरुद्ध आकाश

अब सेना दिवसका नाममा समेत हवाई सेवा अवरुद्ध हुन थालेपछि त्यसले स्वाभाविक रूपमा नकारात्मक भावना पैदा गर्छ। नोटाम जारी गर्दा कम्तीमा १ दिनको समय दिनुपर्छ भन्ने हवाई सेवा सञ्चालकको माग जायज छ। यसो भयो भने सर्वसाधारणले अनाहकमा दुःख पाउने छैनन्।

टेण्डर प्रकृयालाई पारदर्शी बनाउन नेपाली सेनालाई निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधिसमितिले काठमाडाैं तराई-मधेश द्रुतमार्ग आयोजनामा गरिने टेण्डर प्रकृयालाई पारदर्शी बनाउन नेपाली सेनालाई निर्देशन दिएको छ।

सेना दिवसका अवसरमा सप्ताहब्यापी कार्यक्रम

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेना श्री नं. बाहिनी अड्डाले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ। पहिलो दिन देवलकृति दौड, तानडोरी र साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। देवलकृति दौडमा नं. २४ बाहिनी अड्डा, श्री नं. २४ सिग्न र नन्दबक्स गण डिउटले भाग लिएका थिए। देवलकृति दौड चार माइल दुरीको थियो।

‘नेपाली सेना सुरक्षा निकाय हो की ठेक्का पट्टा निकाय?’

नेपाली सेनाभित्र हुने भ्रष्टाचारको राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन गर्न पाउनुपर्ने माग समितिमा उठेको छ। सेनाभित्रको भ्रष्टाचारले लोकतन्त्र नै खतरामा परेको उल्लेख गर्दै सांसदहरुले समितिमा छलफल गरी छानबिन गर्नुपर्ने माग सांसदहरुले गरेका हुन्।

सेनाको ट्रक पल्टँदा एक सैनिकको मृत्यु, ६ घाइते

नेपाली सेनाको ट्रक पल्टँदा सल्यानमा एक सैनिकको मृत्यु भएको। ६ जना घाइते भएका छन्। हतियार तथा बन्दोबस्तीका सामान लिएर सल्यानबाट तुलसीपुर तर्फ आउँदै गरेको लु १ ब १२३ नम्बरको ट्रक सल्यानको कपुरकोट नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना, सात जना घाइते

सल्यानबाट बुटवल जाँदै गरेको नेपाली सेनाको गाडी सल्यानको कपुरकोट नजिकै दुर्घटना भएको छ। उक्त दुर्घटनामा सल्यानस्थित नेपाली सेनाको सबुज गणका मेजर ईश्वर सिलवालसहित सात जना घाइते भएका छन्।

नेपाली सेनाको नियति

पुष्पकमल दाहाल प्रधानमन्त्री तथा रुक्मांगद कटवाल प्रधानसेनापति भएका बेलामा जस्तै नेपाली सेनालाई आँखाको कसिंगर ठान्ने पक्षले ‘प्रधानसेनापति प्रकरण’ दोहो-याउन सक्छन्।

नेपाली सेनाले सैनिकका टुहुरा बालबालिकाहरुलाई निःशुल्क पढाउने

नेपाली सेनाले हितधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने भएको छ।

माग अनुसार इमल्सन उत्पादन गर्ने सेनाको दाबी

नेपाली सेनाले भौतिक पूर्वाधार (बाटो र सुरुङ) निर्माणमा खपत हुने विस्फोटक पदार्थ (इमल्सन) मुलुकको माग धान्ने गरी अन्तर्राष्ट्रियस्तरको उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ।

भिक्ट्री म्याराथनमा सेनाको वर्चस्व

नेपाली सेनाले अंग्रेज फौजमाथि विजय प्राप्त गरेको स्थल बुटवलको जितगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्दै प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्