मौलिक सुरक्षा नीति आवश्यक
नेपालले चीन र भारतलाई विश्वासमा लिएर काम गर्नुपर्छ। डलर र युरो दिने मित्रदेशहरूले उचालेको भरमा दुई छिमेकीलाई पाखा लगाउने गरी हुने क्रियाकलाप रोकिहाल्नुपर्छ।

नेपालले चीन र भारतलाई विश्वासमा लिएर काम गर्नुपर्छ। डलर र युरो दिने मित्रदेशहरूले उचालेको भरमा दुई छिमेकीलाई पाखा लगाउने गरी हुने क्रियाकलाप रोकिहाल्नुपर्छ।
गोपाल, महिषपाल, किरात, लिच्छवि, मल्ल, शाह वंशलगायतका बाइसे, चौबिसे, सेन आदि राजा वंशीय युगहरू पार गरेर २०६३ सालबाट नेपालमा माओवादी युग सुरु भएकै हो।
राजा महेन्द्रबाट अन्तरिम शासनविधान भंग गरी २०१७ पुस १ गते पञ्चायती व्यवस्था लागु गरेको केही महिनापछि नेपालका विभिन्न स्थानमा असन्तुष्ट राजनीतिक पार्टीहरू मिली तत्कालीन पञ्चायत व्यवस्थाविरुद्ध सशक्त उठाएका थिए।
१६१६ साल भदौ २५ गते द्रव्य शाहले भगीरथ पन्तलाई सेनापति काजी बनाएर खडा गरिएको नेपाली सेनाको जन्मस्थल गोर्खाको लिगलिग कोट हो।
भारत सरकारले युवालाई चार वर्षका लागि भारतीय सेनामा भर्ना गरी तीमध्ये ७५ प्रतिशतलाई घर पठाउने पक्का गरेको छ। यस योजनालाई ‘अग्निपथ’ र यो समूहमा भर्ना हुनेलाई ‘अग्निवीर’ भनिन्छ।
नेपालमा सेनाको विकासक्रमको रूपरेखा तयार गर्ने हो भने बाइसे चौबीसे राज्यहरू सबैको सैनिक संस्कार खोज्नैपर्छ।
नेपाली सेनामा इतिहासकालदेखि नै पसिना बगाउने काम प्रशस्तै भयो तर इतिहास लेख्ने र जनतालाई इतिहास पढाउने काम भएन। जसका कारण जनता र सेनाबिचको खाडल पुरिएन।
हाल नारायणहिटी दरबारमा रहेको मन्दिर र मूर्ति धौकलसिंह बस्न्यातले बनाएका हुन्। पछि त्यस मन्दिरको सुधार हुँदै गयो। त्यस नारायण मन्दिरअगाडि परापूर्व कालदेखिको धारा अर्थात् ‘हिटी’ छ। यही नारायण मन्दिर र हिटीको संयुक्त नामबाट वीर शमशेरको पालामा यो क्षेत्रको नाम ‘नारायणहिटी’ भयो।
नालापानी खलंगाको लडाइँमा अंग्रेजको शक्तिका अगाडि हाम्रो केही लागेन। लडाइँ हारियो र हाम्रोतर्फबाट किल्ला छाडेको पक्कै हो। नेपालीले देखाएको बहादुरीको त सबैले प्रशंसा गरेकै छन्। लडाइँमा हारजित हुन्छ नै। यो लडाइँ नेपालीको बहादुरीको उदाहरण हो।
नेपाली सेनाका बहालवाला प्रधान सेनापतिलाई भारतीय सेनाको र भारतीय सेनाका प्रधान सेनापतिलाई नेपाली सेनाको मानार्थ महारथी दिने चलन २००७ सालपछि अर्थात् सन् १९५० को सन्धिको दास मनस्थिति हो।
आन्तरिक द्वन्द्वमा जहिले पनि प्रहरी अगाडि लाग्छ भने सेनाले प्रहरीलाई साथ दिन्छ। जसलाई ‘एड टु सिभिल अथरिटी’ भनिन्छ।
लेखकले सिक्किम पुगेर त्यहाँका इतिहासकार र राजनैतिक नेतासँगको वार्तालाप र त्यहाँ छापिएका पुराना नक्सासमेत हेरेर यी कुरा मनन गरेको हो।
जापानीलाई मार्न र मर्न कत्ति पनि डर नभएको देखिन्थ्यो तर जापानी पनि नेपाली भनेपछि डराउँथे। अंग्रेज तथा अरू भारतीय सेनालाई केही जस्तो ठान्दैनथे। तिनलाई हेपेर एउटा बटालियनलाई जापानीको एक बटालियनले पनि हमला गथ्र्यो। लडाइँको सिद्धान्तले एउटा बाटलियनलाई हमला गर्न एक ब्रिगेड अर्थात् तीनवटा गण चाहिन्थ्यो।
‘पोलिटिक्स इज् डर्टी गेम।’ लामो समयदेखि युवाहरूको मुखबाट सुनिँदै आएको हो तर यतिबेला भने धारणा फेरिएको छ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछिको सरकारले माओवादीलाई पुल्पुल्याएर जे/जति निर्णय गर्यो, त्यसैले देशमा अर्को द्वन्द्वको बीजारोपण गरेको हो।
