गौरवशाली सुरक्षा-संस्थाको स्थापना
लमजुङका राजकुमार द्रव्य शाह वि.सं. १६१६, भाद्रवदी, अष्टमी तिथि, रोहिणी नक्षत्र, बुधबार लिगलिगकोटको राजा भए।

लमजुङका राजकुमार द्रव्य शाह वि.सं. १६१६, भाद्रवदी, अष्टमी तिथि, रोहिणी नक्षत्र, बुधबार लिगलिगकोटको राजा भए।
अरूका ईर्ष्यालु कुरा सुनेर राजा प्रताप मल्लले भीम मल्ललाई मारेपछि उनकी श्रीमतीले सती जाने बेलामा श्राप दिएकी थिइन्।
गोरखाका राजा अर्थात् पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले आफ्नो शासनकालमा नुवाकोटमा आक्रमण गरी त्यसलाई आफ्नो अधिकारमा ल्याउन खोजे तर योजनाबद्ध रूपमा काम नभएकाले त्यस युद्धमा गोरखालीहरूको हार भयो।
नेपालले चीन र भारतलाई विश्वासमा लिएर काम गर्नुपर्छ। डलर र युरो दिने मित्रदेशहरूले उचालेको भरमा दुई छिमेकीलाई पाखा लगाउने गरी हुने क्रियाकलाप रोकिहाल्नुपर्छ।
गोपाल, महिषपाल, किरात, लिच्छवि, मल्ल, शाह वंशलगायतका बाइसे, चौबिसे, सेन आदि राजा वंशीय युगहरू पार गरेर २०६३ सालबाट नेपालमा माओवादी युग सुरु भएकै हो।
राजा महेन्द्रबाट अन्तरिम शासनविधान भंग गरी २०१७ पुस १ गते पञ्चायती व्यवस्था लागु गरेको केही महिनापछि नेपालका विभिन्न स्थानमा असन्तुष्ट राजनीतिक पार्टीहरू मिली तत्कालीन पञ्चायत व्यवस्थाविरुद्ध सशक्त उठाएका थिए।
१६१६ साल भदौ २५ गते द्रव्य शाहले भगीरथ पन्तलाई सेनापति काजी बनाएर खडा गरिएको नेपाली सेनाको जन्मस्थल गोर्खाको लिगलिग कोट हो।
भारत सरकारले युवालाई चार वर्षका लागि भारतीय सेनामा भर्ना गरी तीमध्ये ७५ प्रतिशतलाई घर पठाउने पक्का गरेको छ। यस योजनालाई ‘अग्निपथ’ र यो समूहमा भर्ना हुनेलाई ‘अग्निवीर’ भनिन्छ।
नेपालमा सेनाको विकासक्रमको रूपरेखा तयार गर्ने हो भने बाइसे चौबीसे राज्यहरू सबैको सैनिक संस्कार खोज्नैपर्छ।
नेपाली सेनामा इतिहासकालदेखि नै पसिना बगाउने काम प्रशस्तै भयो तर इतिहास लेख्ने र जनतालाई इतिहास पढाउने काम भएन। जसका कारण जनता र सेनाबिचको खाडल पुरिएन।
हाल नारायणहिटी दरबारमा रहेको मन्दिर र मूर्ति धौकलसिंह बस्न्यातले बनाएका हुन्। पछि त्यस मन्दिरको सुधार हुँदै गयो। त्यस नारायण मन्दिरअगाडि परापूर्व कालदेखिको धारा अर्थात् ‘हिटी’ छ। यही नारायण मन्दिर र हिटीको संयुक्त नामबाट वीर शमशेरको पालामा यो क्षेत्रको नाम ‘नारायणहिटी’ भयो।
नालापानी खलंगाको लडाइँमा अंग्रेजको शक्तिका अगाडि हाम्रो केही लागेन। लडाइँ हारियो र हाम्रोतर्फबाट किल्ला छाडेको पक्कै हो। नेपालीले देखाएको बहादुरीको त सबैले प्रशंसा गरेकै छन्। लडाइँमा हारजित हुन्छ नै। यो लडाइँ नेपालीको बहादुरीको उदाहरण हो।
नेपाली सेनाका बहालवाला प्रधान सेनापतिलाई भारतीय सेनाको र भारतीय सेनाका प्रधान सेनापतिलाई नेपाली सेनाको मानार्थ महारथी दिने चलन २००७ सालपछि अर्थात् सन् १९५० को सन्धिको दास मनस्थिति हो।
आन्तरिक द्वन्द्वमा जहिले पनि प्रहरी अगाडि लाग्छ भने सेनाले प्रहरीलाई साथ दिन्छ। जसलाई ‘एड टु सिभिल अथरिटी’ भनिन्छ।
लेखकले सिक्किम पुगेर त्यहाँका इतिहासकार र राजनैतिक नेतासँगको वार्तालाप र त्यहाँ छापिएका पुराना नक्सासमेत हेरेर यी कुरा मनन गरेको हो।
