१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

माग अनुसार इमल्सन उत्पादन गर्ने सेनाको दाबी

काठमाडौं – नेपाली सेनाले भौतिक पूर्वाधार (बाटो र सुरुङ) निर्माणमा खपत हुने विस्फोटक पदार्थ (इमल्सन) मुलुकको माग धान्ने गरी अन्तर्राष्ट्रियस्तरको उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ। सेनाको दाबीप्रति विश्वस्त हुने अवस्था नरहेको जनाउँदै विकास आयोजना निर्माणमा संलग्न ठेकेदारले भने नयाँ प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तरमा सुधार आए पनि मूल्य र राष्ट्रिय माग धान्ने विषयमा शंका नहटेको प्रतिक्रिया दिएका छन्।

मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचुरी इमल्सन प्लान्टमा चीनबाट खरिद गरी ल्याएको नयाँ उपकरण जडानपछि सेनाले असरदार विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ। करिब ३५ करोड रुपैयाँको लागतमा जडान गरिएको नयाँ प्लान्टबाट वार्षिक चार हजार आठ सय मेट्रिक टन विस्फोटक पदार्थ सजिलोसँग उत्पादन हुने सैनिक सामग्री उत्पादन निर्देशनालयका सहायकरथी हेगेन्द्रलाल महर्जनले जानकारी दिए। गत भदौको अन्तिम साताबाट सञ्चालनमा आएको उक्त प्लान्टबाट अहिलेसम्म उच्च गुणस्तरको दुई सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन भइसकेको जानकारी उनले दिए।

स्वतन्त्र ऊर्जा उत्पादन संस्था इपानका उपाध्यक्ष कुमार पाण्डे भन्छन्, ‘सुरुङ निर्माणका क्षेत्रमा ३०औं वर्ष काम गरिएको हुँदा विभिन्न खाले विस्फोटक पदार्थ प्रयोग गरिएको अनुभव हामीसँग छ, स्वदेशमै उत्पादन हुन्छ र काम दिन्छ भने प्रयोग गर्न तयार छौं।’ कहाँबाट ल्याएको विस्फोटक पदार्थ कति प्रभावकारी हुन्छ भन्ने पर्याप्त अनुभव हासिल गरेका विकास आयोजना निर्माणकर्ता भन्छन्, ‘गुणस्तरमा सम्झौता गर्नु भनेको अन्ततः उपभोक्ताले नै खर्च व्यहोर्नु हो, हाम्रो सरोकार गुणस्तर, मूल्य र निरन्तरतासहित सुनिश्चितता होे, त्यो भएन भने हामीले विकल्प रोज्नुपर्ने हुन्छ।’

सेनाको दाबीप्रति विश्वस्त हुने अवस्था नरहेको जनाउँदै विकास आयोजना निर्माणमा संलग्न ठेकेदारले भने नयाँ प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तरमा सुधार आए पनि मूल्य र राष्ट्रिय माग धान्ने विषयमा शंका नहटेको प्रतिक्रिया दिएका छन्।

मुलुकभित्र विस्फोटक पदार्थको ओसारपोसार, रेखदेख, नियन्त्रण र ढुवानीमा सहयोग पु¥याउँदै आएको नेपाली सेनाले पूर्वाधार विकासका लागि देशलाई आवश्यक पर्ने विस्फोटक पदार्थ एकद्वार प्रणालीमार्पmत होस् भन्ने हेतुले नयाँ इमल्सन प्लान्ट स्थापना गरेको हो। हालसम्म पनि विस्फोटक पदार्थ राख्न, किन्न, एक स्थानबाट अर्काे स्थानमा लैजान सरकारका विभिन्न निकाय र सरोकारवाला पक्षले झन्झट र दुःख दिने पूर्वाधार निर्माणकर्ताको गुनासो छ।

तनहुँ विद्युत् आयोजनाका ठेकेदार सन्तोष थापा भन्छन्, ‘पछिल्लो समय गुणस्तर राम्रो देखिएको छ तर मागअनुसार सामग्री उपलब्ध भएको छैन। मेरो आयोजनालाई दैनिक एक टन चाहिन्छ, सेनाले त्यो पाँच टन एक महिनामा पनि उपलब्ध गराउन सकेको छैन।’

सेनाले उक्त प्लान्टका लागि आवश्यक कच्चापदार्थ छिमेकी मुलुक भारत र चीनबाट ल्याउँदै आएको छ। अघिल्लो वर्ष एक हजार टनको हाराहारीमा विस्फोटक पदार्थ आयात गरिएको अनुमान गरिएको छ। ठेकेदार भन्छन्, ‘सुधारको पाटोमा सेनाले ध्यान देओस् हाम्रो इच्छा÷आकांक्षा भनेकै स्वेदशकै प्रयोग गर्न पाऊँ, गुणस्तरीय होस् र सुपथ मूल्यमा मिलोस्, आवश्यकताअनुसार निरन्तर पाइयोस् भन्ने नै हो।’ नेपाली उत्पादन भारतीयभन्दा ५० प्रतिशत महँगो हुँदा मूल्यमा सन्तुलन कायम गर्नुपर्ने देखिन्छ।

नागढुंगा सुरुङमार्ग निर्माणका ठेकेदार श्याम खरेल इमल्सन प्लान्टकोे निरीक्षणपछि भन्छन्, ‘मेरो आयोजनाका लागि नौ सय टन इमल्सन आवश्यक पर्छ, अत्याधुनिक यस प्लान्टबाट गुणस्तरयुक्त विस्फोटक पदार्थ निर्माण गरेको देखिन्छ। तर मुलुकको माग धान्न पूर्णरुपमा सञ्चालनमा आए पनि सक्षम देखिन्न, सुधार्ने धेरै ठाउँ छ।’

इमल्सन प्लान्टका प्रमुख एवं महासेनानी वाकर चालिसे भन्छन्, ‘मुलुकका २१ वटा विकास आयोजनालाई एक वर्ष अवधिसम्म पूर्णरुपमा काम गर्ने क्षमताका गुणस्तरीय इमल्सन उत्पादन गरी वितरण गरिएको छ।’ सेनाको भण्डारमा अहिले एक हजार दुई सय टन कच्चा पदार्थ र ४२ टन तयारी सामग्री छ।

प्रकाशित: १२ माघ २०७६ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App