२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

कामको पहिचान हुनुपर्ने सामुदायिक स्वास्थ्यकर्मीको माग

समाज, समुदाय र बालस्वास्थ्य सुधारका अथक मेहनत गरिरहेका सामुदायिक स्वास्थ्यकर्मी महिलालाई सशक्त बनाउन माग गरिएको छ।

केसाङ छेतेनका वृत्तचित्र प्रदर्शनी आजदेखि

केसाङ छेतेन निर्मित १० वटा वृत्तचित्रको आजदेखि नेपाल पर्यटन बोर्डमा निःशुल्क प्रदर्शनी हुँदै छ।

तस्करको नामबाट चर्चा पाएका धावक फराह

चार पटकका ओलम्पिक च्याम्पियन धावक मोहम्मद फराहले मानव तस्करहरूले आफूलाई बाल्यकालमा गैरकानुनी रूपमा बेलायत ल्याएको र त्यहाँ घरेलु कामदारका रूपमा अन्य बालबालिका हेर्न राखिएको खुलासा गरेका छन्।

यी हुन् फुर्सदमा हेर्नुपर्ने नेपालका चर्चित वृत्तचित्र

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम नियन्त्रणका लागि नेपाल सरकारले ‘लकडाउन’ गरेसँगै मानिसहरू घरभित्रै बसेका छन्। लामो समय घरभित्रै बस्दा पट्यारलाग्दो पनि हुन्छ। मानिसले समय विताउन विभिन्न तरिका प्रयोग गरेका छन्। कतिपयले युट्युबलगायत सामाजिक सञ्जालमा सिनेमा हेर्दै समय बिताईरहेका छन्। समय कटाउन सहज होस् भनि हामीले केही नेपाली समाजको कथामा निर्माण भएका वृत्तचित्र सिफारिस गरेका छौं।

निफमा एनिमेसन र वृत्तचित्र थपिए

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा राजधानीमा तेस्रो संस्करणको ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल(निफ)’ हुने भएको छ । आयोजकले फेस्टिभल सन् २०२० को फेबु्रअरी १३ देखि १७ सम्म हुने जनाएको छ । फेस्टिभलबारे जानकारी दिन गत बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले निफको तेस्रो संस्करणलाई अझै विस्तार गर्दै फैलाएकोले फेस्टिभलले फिल्मकर्मीलाई प्रोत्साहित गर्ने बताए । उनले अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशीमा वृद्धि गरेको उल्लेख गर्दै फेस्टिभलमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीले २०१९ जुन १५ देखि अक्टोबर ३० सम्म आवेदन दिनसक्ने जनाए ।

वृत्तचित्रमार्फत सिलवालले भने लाङटाङको कथा

भूकम्पलगत्तैको लाङटाङ, बीच अवधिको लाङटाङ र पछिल्लो अवधिको लाङटाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङटाङ जर्नी : ट्रेजेडी टु इन्स्पिरेसन’ शीर्षकको कार्यक्रम राजधानीमा गरिएको छ।

वृत्तचित्रमा तारुकाको गोरु जुधाई

नुवाकोटको तारुकामा सय वर्षअघिदेखि माघे संक्रान्तिका दिन वर्षेनी आयोजना हुँदै आएको गोरू जुधाउने जात्राबारेको वृत्तचित्र ‘गोरु जुधाई मेला’ निर्माण गरिएको छ ।

वृत्तचित्रमा पार्किन्सन्स पीडा

फिल्म ‘हाँसी देऊ एक फेर’ को सुटिङमा लड्नुपर्ने दृश्यमा अभिनय अभिनेता मदनकृष्ण श्रेष्ठको ढाड दुख्यो । तर, दुखाइलाई बेवास्ता गर्दै  सुटिङ जारी राखे । त्यो सुटिङ सकिएको केही महिनापछि ‘हिंसा अन्त्य अभियान’का लागि प्लेनमा नेपालगञ्ज जाँदा उनको दाहिने काँध हात दुख्यो ।

वृत्तचित्रमा लाङटाङ पुननिर्माण

दुई वर्ष अघिको विनाशकारी भूकम्पले देशभर ९ हजार मानिसको ज्यान जाँदा तिब्बतसँग सीमाना जोडिएको लाङटाङ उपत्यकामा एकै गाउँका १ सय ७८ मानिसको मृत्यु भयो । यो उपत्यका नजिकै रहेको एउटा पहाड खस्दा ८० जना ट्रेकिङ गाइड पनि त्यो घटनामा परे।

भूकम्पको वार्षिकीमा वृत्तचित्र प्रदर्शन

नुवाकोट रातोमाटेका भूकम्प पीडित लालबहादुरको कथामा आधारित रहेर निर्माण गरिएको वृत्तचित्र ‘लालबहादुरको कविता’ राजधानीमा प्रदर्शन गरिएको छ । विनाशकारी भूकम्पको दोस्रो वार्षिकी पारी कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा लालपुर्जाविहिन लालबहादुरको गुनासोसहितको वृत्तचित्र प्रदर्शन गरिएको हो ।

विमान अपरहणको वृत्तचित्र इटहरीमा देखाइने

देशमा प्रजातन्त्रको स्थापनाका लागि गरिएको शसस्त्र आन्दोलनको क्रममा भएको विमान अपरहण सम्बन्धीको वृत्तचित्र इटहरीमा यही फागुन ७ गते प्रर्दशनी गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्