२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सरकारले भाडा घटाएको ४ दिन भइसक्यो तर बढी असुल्दै सार्वजनिक बस

मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सिट क्षमतानुसार नै यात्रु राख्न पाउने र यसअघि २०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर नै कायम हुने निर्णय गरेको थियो।

संक्रमण बढेसँगै सार्वजनिक यातायातमा कडाइ

यातायात व्यवसायीले कोभिड १९ महामारीका बेला सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ पूर्ण रूपमा पालना नगर्दा संक्रमणको जोखिम बढेको भन्दै सरकारले निर्देशिका कार्यान्वयनमा कडाइ गर्ने भएको छ।मुलुकमा दैनिक दुई हजारभन्दा बढी संक्रमित देखिन थालेसँगै सरकार कडाइका साथ निर्देशिका लागू गर्न कस्सिएको हो।

सार्वजनिक यातायात छैनन् यात्रु, व्यवसायीहरु समस्यामा

कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन्।

सार्वजनिक यातायातको मनपरी, न भाडा सस्तो, न स्वास्थ्य सुरक्षा

सबैजसो सवारीसाधन सञ्चालन भइसकेको अवस्थामा उपत्यकालगायत देशभर नै सार्वजनिक यातायातले चर्को भाडादर अशुल्ने गरेको यात्रुहरूको गुनासो छ।

सार्वजनिक यातायातमा मनपरीः न स्यानिटाइजर न सामाजिक दुरी, भाडा भने दोब्बर

सार्वजनिक यातायात व्यवसायीले कोभिड–१९ महामारीको बेला काठमाडौं उपत्यकामा मनपरी ढंगले सार्वजनिक यातयात सञ्चालन गर्दा कोभिड–१९ को संक्रमणको जोखिम झनै बढेको छ। यातायात व्यवसायीले कोभिड–१९ प्रकोप अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ को स्वास्थ्य मापदण्ड प्रभावकारी ढंगले पालना नगर्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

हप्तामा दुईदिने बिदाको प्रस्ताव बन्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेस गर्ने भएको छ।

किया सोनेटको मूल्य सार्वजनिक

नेपालका लागि कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको मूल्य सार्वजनिक गरेको छ ।

सार्वजनिक पोखरीमा माछा मार्दा जनप्रतिनिधिबाट कुटपिट

झडप हुँदा दुवै पक्षका मानिस घाइते भएको वडा सदस्य दुलारीदेवी साहका पति मिश्रीलाल साहले बताए। दुलारीदेवीलाई पनि चोट लागेको उनको भनाइ छ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, सार्वजनिक खरिद ऐनविपरीत काम गर्दै

सार्वजनिक खरिद नियमावली–२०६४ को नियम ९७ मा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट काम गराउने कार्यविधिमा एक करोड रूपैयाँभन्दा मुनिको लागत अनुमान भएको निर्माण कार्य वा सो सम्बन्धी सेवा उपभोक्ता समितिमार्फत गर्न सकिने र त्यो भन्दा माथिको सेवा भए टेन्डर आह्वान गरिनुपर्ने उल्लेख छ।

‘पानी खानु मुलको’ सार्वजनिक

धनकुटाकी गायिका जुनी खालिङ राई र सचेत एवाई राईको स्वरमा रहेको पुर्वेली लोकगीत ‘पानी खानु मुलको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । लकडाउनको समयलाई सदुपयोग गर्दै युट्युव च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

पत्रकार अधिकारीको कविता संग्रह सार्वजनिक

पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरू’ सार्वजनिक भएको छ । शनिबार शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसद्धारा संग्रह सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा अवस्थित धनकुटा बजार अर्थात गौडालाई उजागर गरेको बताए ।

‘सम्झनाले मुटु पोल्छ’ बोलको गीतको भिडियो सार्वजनिक

‘सम्झनाले मुटु पोल्छ गोधूलिको घाम टर्दा, पखेरोमै ओइलिन्छु कि निष्ठुरीले छोडी जाँदा’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत् सार्वजनिक भएको छ । गीतकार जीवन मुकारुङको शब्द, सङ्गीतकार दिनेशकाजी बान्तवाको सङ्गीत र गायिका सविना योङहाङको स्वर भएको उक्त गीति भिडियो सेवा इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

जितेन्द्र रसिकको ‘पव्लिक स्पिकिङ’ सार्वजनिक

लेख जितेन्द्र रसिकले नेपाल जस्तो विकासोन्मुख मुलुकमा पनि सञ्चार र सञ्चारगृह व्यावसायिक रूपमा अघि बढ्न थालेको इतिहास धेरै लामा नभएको र पछिल्लो समय सञ्चार क्षेत्रमा आकर्षण भने बढ्दो रहेको बताए ।

बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले गत असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्