१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

जितेन्द्र रसिकको ‘पव्लिक स्पिकिङ’ सार्वजनिक

पत्रकार तथा साहित्यकार जितेन्द्र रसिकको पत्रकारिता, उद्घोषण तथा तथा भाषण कलासम्बन्धी पुस्तक‘पव्लिक स्पिकिङ’ सार्वजनिक भएको छ ।  सोमबार प्रकाशन गृह ब्रदर बुक्सले पुस्तक सार्वजनिक गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य ईश्वरीप्रसाद वाग्ले, प्रकाशक यज्ञराज न्यौपाने र बद्री अधिकारीले पुस्तक सार्वजनिक गरेका हुन् । कोभिड १९ कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रकाशन गृहमै पुस्तीक सार्वजनिक गरिएको लेखक जितेन्द्र रसिकले बताए ।

पुस्तक पत्रकारिता सिक्न चाहाने र उद्घोषण र भाषणकला सिक्न चाहने जो कोहीले उपयोगी रहेको पत्रकार महासंघका पूर्व केन्दी्य सदस्य ईश्वरीप्रसाद वाग्लेले बताए । लेख जितेन्द्र रसिकले नेपाल जस्तो विकासोन्मुख मुलुकमा पनि सञ्चार र सञ्चारगृह व्यावसायिक रूपमा अघि बढ्न थालेको इतिहास धेरै लामा नभएको र  पछिल्लो समय सञ्चार क्षेत्रमा आकर्षण भने बढ्दो रहेको बताए । लेखक रसिकले पुस्तक सञ्चार क्षेत्र वा उद्घोषण क्षेत्रमा आउन चाहनेहरूका लागि सहयोगी पुस्तक भएको बताए । 

बीस वर्ष पत्रकारितामा काम गरिसकेका रसिकले आफ्नो अनुभव नयाँ पुस्ताका लागि उपयोगी हुने भएकाले  रेडियो, टेलिभिजन, पत्रिका र अनलाइन पत्रकारितामा आउन चाहनेहरुका लागि पुस्तकले सहयोग पुग्ने बताए । लेखक रसिकले भने, ‘सञ्चारमा आउन चाहने वा घरैमा बसेर पनि बोल्ने कला र व्यक्तित्व विकासका लागि यो पुस्तकले सघाउनेछ ’ पुस्तकमा सङ्क्षिप्त रूपमा विश्वकै र नेपालको आमसञ्चार र सञ्चारको इतिहासदेखि, रेडियो, टेलिभिजन, छापा पत्रकारिता अनलाइन, उद्घोषण (रेडियो उद्घोषण, टेलिभिजन उद्घोषण, औपचारिक वा कार्यक्रम उद्घोषण) र भाषणकलालगायतका विषयहरू समेटेका छन् ।

पुस्तक केही दिनमै देशका सबै पुस्तक पसलहरूमा पुग्ने वितरक तथा प्रकाशक यज्ञराज न्यौपानेले बताए । १८२  पृष्ठे ‘पव्लिक स्पिकिङ’ पुस्तकको मूल्य २५० रहेको छ ।  

प्रकाशित: १२ श्रावण २०७७ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App