७ वैशाख २०८१ शुक्रबार
कला

‘पानी खानु मुलको’ सार्वजनिक

धनकुटाकी गायिका जुनी खालिङ राई र सचेत एवाई राईको स्वरमा रहेको पुर्वेली लोकगीत ‘पानी खानु मुलको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । लकडाउनको समयलाई सदुपयोग गर्दै  युट्युव च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।  

गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीतको संगीत कृष्णकुमार राईले गरेका छन् । यस गीतको एरेन्ज चर्चित कलाकार कृष्णभक्त राईले गरेका छन् । रेजिना राईको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा कृष्णकुमार राई र स्वयम् रेजिना राईले अभिनय गरेका छन् । धनकुटाको तमोर नदी किनार आसपासमा छायाँङकन गरिएको हो । गाउँको जीवनशैली र मायाप्रेम समेटिएको म्युजिक भिडियो राज बान्तावा राईले छायाँङकन गरेका हुन् ।  

पुर्वाञ्चल इटहरीमा रेकर्ड गरिएको गीतको मिक्सिङ सेवा रेकर्डिङ अनामनगर काठमाण्डौले गरेको गायिका जुनी खालिङ राईले बताइन् । यस अगाडी जुनीले ‘कस्तो होला मनको राजा’, ‘काफल पाक्दा’, ‘कुन्नी को–को आउन थाल्यो’, जस्ता गीतमा आवाज दिएकी छिन् ।

प्रकाशित: २० श्रावण २०७७ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App