२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘सम्झनाले मुटु पोल्छ’ बोलको गीतको भिडियो सार्वजनिक

‘सम्झनाले मुटु पोल्छ गोधूलिको घाम टर्दा, पखेरोमै ओइलिन्छु कि निष्ठुरीले छोडी जाँदा’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत् सार्वजनिक भएको छ । गीतकार जीवन मुकारुङको शब्द, सङ्गीतकार दिनेशकाजी बान्तवाको सङ्गीत र गायिका सविना योङहाङको स्वर भएको उक्त गीति भिडियो सेवा इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतकारसमेत रहेका म्युजिक भिडियो निर्देशक जीवन मुकारुङको निर्देशन र सम्पादन रहेको भिडियोमा मन्दिप मुकारुङ, गायिका तथा मोडल सविना योङहाङ र अव्देहा श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा धनमाया काम्बाङको शृङ्गार र मोडल स्वयम् मन्दिप मुकारुङको सिनेमाटोग्राफी रहेको छ । पदम राजन मगरको सङ्गीत संयोजन रहेको गीतकोे मिक्सिङ तथा रेकर्डिङ मुस्कान मुकारुङले गरेका हुन् । भिडियोमा सुन्दर र मनमोहक दृश्यहरू कैद गरिएका छन् ।

प्रकाशित: १३ श्रावण २०७७ १७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App