२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अझै तंग्रिएन सार्वजनिक यातायात

बिहानदेखि बेलुकासम्म सार्वजनिक यातायात चलाएर आउने आम्दानीले जीवन गुजारा गर्दै आएका छन्। सरकारले कोभिडका कारण तीन महिना लामो लकडाउन गरेपछि सार्वजनिक यातायात ठप्प रह्यो। तीन महिनापछि सरकारले यातायात सञ्चालनमा ल्याए पनि पुरानै अवस्थामा फर्किन सकेको छैन।

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

सार्वजनिक यातायातमा कोचाकोच, छैन सुरक्षा मापदण्ड

सरकारले कोरोना संक्रमण भएका विद्यालय बन्द गर्ने निर्णय गरे पनि सार्वजनिक यात्रामा भने त्यति ध्यान दिएको देखिँदैन। दिनहुँ जसो सार्वजनिक यातायातमा निकै भीडभाड देख्न सकिन्छ। सिटभन्दा दोब्बर यात्रु राखेर सार्वजनिक यातयात चलिरहेका छन्। उनीहरूले न माक्स लगाउँछन् न सामाजिक दूरी त परैको कुरा।

मंगलबार कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ। वैशाख ७ गते परेको चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिन लागेको हो।

गायक सागर कुवँरकाे ‘संघर्ष’ सार्वजनिक

विगत ५ वर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेका उनले मानिसले संघर्ष गर्नेक्रममा भोगेका पीडालाई प्रेरणाका रुपमा लिनुपर्ने सन्देश यस गीतबाट प्रवाह गर्न खोजेका छन्।

सार्वजनिक–निजी सहकार्य

सरकारले निजी क्षेत्रलाई परेको अप्ठेरा बुझ्दै त्यसैअनुसार नीतिगत एवं कानुनी सुधारका साथै उद्योग व्यवसायमैत्री वातावरण सिर्जना गरिदिन आवश्यक छ भने निजी क्षेत्रले पनि आफ्नो घोषणाअनुरूप लगानी बढाउन जरुरी छ।

गायिका अबुन पाण्डेको 'प्रेम प्याला' सार्वजनिक

सार्वजनिक गीतको म्युजिक भिडीयोमा भने बिकास लामिछाने र पुजा गिरिको अभिनय रहेको छ। रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर देखिएको छ।

मोहन खड्काको 'बटुवा' सार्वजनिक

गीतमा गायक ढुङ्गेलको संगीत रहेको छ भने भिडियोको निर्देशन राज केपीले गरेका छन्। प्रथम क्षेत्री,समिक्षा केसी र गायक ढुङ्गेलको अभिनय गरेका छन्।

५४ कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद सम्झौता अनुसार काम नगर्ने ११ वटा कम्पनी तथा आपूर्तिकर्तालाई एकै दिन कालोसूचीमा राखेर कारवाही गरेको छ। कार्यालयको सोमबार बसेको बैठकले ती कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गर्ने निर्णय गरेको हो।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्रै उठाउनू: लेखा समिति

समितिले मिटर रिडिङ गरेको ६० दिनभित्र विद्युत् महसुल नबुझाएमा उक्त ग्राहकको लाइन काटी बक्यौता असुलउपर गर्नुपर्ने प्रावधान कार्यान्वयन गर्न निर्देशन दिएको छ। समितिले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली लिई समयमै महसुल नतिर्ने ग्राहकलाई विद्यमान कानुन अनुसार कारवाही गरेको नदेखिएकाले आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ।

फास्ट ट्र्याक अनियमितता प्रकरण: दोस्रो प्याकेज ठेक्का रद्द गर्न लेखाको निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले काठमाडौंदेखि तराईको निजगढ जोड्ने द्रुत मार्ग (फास्ट ट्र्याक) को दोस्रो प्याकेजको ठेक्का रद्द गर्न निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले फास्ट ट्र्याकको दोस्रो प्याकेजको ठेक्कामा प्रतिस्पर्धालाई निषेध गरेको ठहरसहित ठेक्का रद्द गर्न निर्देशन दिएको हो।

सार्वजनिक यातायातमा मास्क अनिवार्य

कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ। पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो।

काठमाडौंको सयौं रोपनी सार्वजनिक जग्गा माफियाको कब्जामा

सरकारले काठमाडौंका महत्वपूर्ण स्थानका सरकारी/सार्वजनिक जग्गा भूमाफियाले भोगचलन गरेको फेला पारेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तयार पारेको प्रतिवेदन अनुसार भूमाफियाहरूले मिलेमतोमा अनामनगर, बानेश्वर, भीमसेनगोला, चाबहिल, बल्खु, बालुवाटार, धापासीलगायत दर्जनौं स्थानमा सयौं रोपनी सरकारी जग्गा हडपेका छन्।

माध्यमिकी मेलाका लागि सार्वजनिक बिदा

महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) का लागि सार्वजनिक बिदा घोषणा गरेको छ। जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज बुधबार परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो।

टाटाको नयाँ फरएभर रेन्जका गाडी नेपालमा

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँचवटा नयाँ गाडी सार्वजनिक गरेको छ। यी गाडीहरू-टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ– बिएस सिक्स प्रविधिले सम्पन्न छन्। यो सँगै टाटा कम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडल एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्