८ वैशाख २०८१ शनिबार
समाज

मंगलबार कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ। वैशाख ७ गते परेको चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिन लागेको हो।

सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरूमा सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले जनाए। कर्णालीमा पनि विशेष गरी वडादशैं जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बजाएर चैते दशैं मनाउने गरिन्छ। 

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरूले वर्षमा दुईपटक मनाउने गर्छन्। असोजमा मनाइने दशैंलाई वडादशैंको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दशैंलाई चैते दशैं भनिन्छ। चैते दशैमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत् कालीकापुराणलगायत देवी महिमायुक्त ग्रन्थको वाचन गरिन्छ।  

पुराना कथनहरुका अनुसार पहिलेपहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँड्डुलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारिएको मान्यता छ।

प्रकाशित: ५ वैशाख २०७८ ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App