१ असार २०७८ मंगलबार

प्रदेश १ मा शुक्रबार सार्वजनिक बिदा

वैशाख ३१ गते शुक्रबार मुस्लिम धर्मावलम्बीहरूको चाड इदुलफित्र परेकाले प्रदेश १ मा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

बारपाक सुलीकोट गाउँपालिकामा सार्वजनिक बिदा

'विसं २०७२ वैशाख १२ गते आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक भएको गाउँपालिकाभित्र उक्त दिनको सम्झनामा बिदा दिइएको हो', उनले भने, 'भूकम्पलाई भुल्नेभन्दा पनि सम्झेर सधैँ सचेत र पूर्वतयारीमा सबै सदैव लाग्नुपर्छ।'

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

मंगलबार कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ। वैशाख ७ गते परेको चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिन लागेको हो।

माध्यमिकी मेलाका लागि सार्वजनिक बिदा

महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) का लागि सार्वजनिक बिदा घोषणा गरेको छ। जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज बुधबार परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो।

माघी पर्वको तीन दिन सार्वजनिक बिदा

थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए।

हप्तामा दुईदिने बिदाको प्रस्ताव बन्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेस गर्ने भएको छ।

साउने सङ्क्रान्तिमा कर्णालीमा सार्वजनिक बिदा

प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ ।

असार १५ गते कर्णालीमा बिदा

कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्