२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

लागुऔषध नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ, कपिलवस्तुबाट ११८ जना पक्राउ

लागुऔषधको कारोबार र दुर्व्यसनी समेत बढ्दै गएपछि प्रहरीले त्यसको नियन्त्रणका लागि निगरानी बढाउँदै गएको छ।

लागुऔषध नियन्त्रणका लागि कपिलवस्तुका सीमा नाकामा थप कडाइ समेत गरिएको छ। लागुऔषधका दुर्व्यसनी र कारोबारी बढेपछि प्रहरीले अभियानसहित सीमा क्षेत्रका कडाइ, सचेतना अभियान समेत चलाउँदै आएको छ।

प्रहरीको निरन्तरको कडाइ र अभियानले गत आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध सम्बन्धी ५९ मुद्दामा ९९ जनालाई पक्राउ गरिएको थियो। जसमा ९२ जना पुरुष र ७ जना महिला पक्राउ परेका थिए।

गत आर्थिक वर्ष गाँजा ४१ किलो २६५ ग्राम, चरेश १४ किलो ४२७ ग्राम, ब्राउन सुगर २२७ ग्राम ९८५ मिलिग्राम, नाइट्राभेट ६३ ट्याब्लेट, ट्रमाडाेल १४९ ट्याब्लेट, स्पास्मो ६ सय ७ क्याप्सुल बरामद भएको थियो।

यस्तै चालु आर्थिक वर्षको साउन देखि भदौ २१ सम्म ११ मुद्दामा १९ जनालाई पक्राउ गरेको छ। सो अवधिमा गाँजा १३० ग्राम, चरेस पाँच किलो २२५ ग्राम, हेरोइन तीन ग्राम १५० मि.ग्राम र अफिम १० किलो ३६४ ग्राम नाइट्राभेट १० बरामद गरेको छ।

प्रहरी उपरीक्षक मनोहर कुमार भट्टले लागुऔषधको कारोबारलाई रोक्न विशेष गरी सीमा क्षेत्रमा निगरानी बढाइएको बताए। ‘लागु औषधको कारोबारलाई रोक्न सीमा क्षेत्रमा निगरानी बढाइएको छ’, उनले भने,‘ यसका लागि सबैले सूचना आदानप्रदान समेत गर्ने गरी काम अघि बढाएका छौ’।

भारतबाट प्रतिबन्धित नारकोटि ड्रग्स, स्माईक हेरोईन लगायतका लागुऔषध नेपाल र नेपालबाट चरेस अफिम लगायतका लागु औषध भारत तर्फ लुकीछिपी लैजाने गरिएका छन्।

नेपालतर्फ कडाइ गरिएपछि दुर्व्यसनीहरुले भारतीय बजारमा गई नारकोटिक ड्रग्ज सेवन गरी नेपाल फर्किने गरेको छ। यसको रोकथाममा प्रहरीलाई ठुलो चुनौती देखिएको छ।

लागुऔषध नियन्त्रणका लागि जनचेतना मूलक कार्यक्रम सञ्चालन तथा १० वटै पालिकासँग त्यसका लागि छलफल गरी नियन्त्रणका लागि पहल गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।

प्रकाशित: २३ भाद्र २०८३ १९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App