राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक तथा प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको एक वर्ष पूरा भएपनि राजनीतिक व्यवहार र कार्यशैलीमाथि आत्मसमीक्षा नभएको बताएकी छिन्।
तत्कालीन सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गर्दा सडकमा उत्रिएको भन्दै धितालले अहिले आफ्ना आलोचक र प्रश्नकर्ताहरूमाथि धम्की तथा चेतावनीको भाषा प्रयोग हुन थालेको बताइन्।
धितालले भनिन्,‘पोहोर साल हामीले नै हैन प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको रु हामीले राज्यलाई प्रश्न गरेका थियौँ। सत्तालाई विनम्र हुन भनेका थियौँ’।
उनले ‘सुध्रिनु अरूले मात्रै पर्ने, हामीले चाहिँ सुध्रिनु नपर्ने ?’ भन्दै प्रश्न गरेकी छिन्। उनले पछिल्लो राजनीतिका गतिविधिले जेनजीको बलिदानमा अपमान भएको बताएकी छिन्।
‘मलाई कताकता लाग्यो, हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ,’ धितालले भनिन्, ‘त्यो स्टेज किन त्यसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुहरूको अर्थ के थियो ?त्यसले सन्तान गुमाएका र शरीरमा घाउ बोकेका परिवारलाई के सन्देश दियो।’
प्रकाशित: २३ भाद्र २०८३ १८:५९ मंगलबार





-600x400.jpg)