coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टाटाको नयाँ फरएभर रेन्जका गाडी नेपालमा

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँचवटा नयाँ गाडी सार्वजनिक गरेको छ। यी गाडीहरू-टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ– बिएस सिक्स प्रविधिले सम्पन्न छन्। यो सँगै टाटा कम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडल एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ।

 यी गाडीहरू टाटाको इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोे कम्पनीले जनाएको छ। बदलिँदो समयको माग अनुसार पुनः डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ कार्यक्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरूभन्दा अग्रस्थानमा रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।  

इम्प्याक्ट २.० डिजाइनमा निर्मित बिएस सिक्स रेन्जका गाडीमा पनि डिजाइन, सुरक्षा र आरामको लागि उच्चस्तरीय विशेषता रहेकाले यी गाडीले ग्राहकको मन जित्न सफल हुने टाटा मोटर्स इन्टरनेसनल बिजनेस हेड (प्यासेन्जर भेहिकल्स) मायकं बाल्डीले विश्वास व्यक्त गरेका छन्।

यसैगरी, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बिएस सिक्स रेन्जका अत्याधुनिक विशेषतायुक्त गाडीहरू आफ्नो श्रेणीका अन्य गाडीभन्दा संरचनागत र प्राविधिक दुवै दृष्टिले अगाडि रहेको बताएका छन्।  

टियागो  

१२०० सिसी इन्जिन क्षमताको नयाँ टियागोको बनावट आकर्षक (स्पोर्टी) रहेको छ। उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधा भएको यो गाडी रातो, पहेँलो, निलो लगायत ६ रङहरूमा उपलब्ध हुनेछ। यसको मूल्य २८ लाख रूपैयाँ रहेको छ।

टिगोर  

१२०० सिसी इन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर र रिभर्सिङ क्यामेरा जस्ता अत्याधुनिक सुविधा छन्। यो गाडी पाँचवटा रङहरूमा उपलब्ध रहेको र यसको मूल्य ३२ लाख ५० हजार रूपैयाँ पर्छ।  

नेक्सन  

१२०० सिसी इन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा जस्ता प्रविधि जडान गरिएको छ। यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाउँदो भएको कम्पनीले जनाएको छ। इलेक्ट्रिक सनरूफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाँ विशिष्ट विशेषता भएको नेक्सन ६ रङहरूमा उपलब्ध छ। यसको मूल्य ३९ लाख ९५ हजार रूपैयाँ तोकिएको छ।  

अल्ट्रोज  

१२०० सिसी इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पूर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ। रिदम, स्टाइल, लुक्स र अर्बन गरी चार रंगमा उपलब्ध यो गाडीको मूल्य ३५ लाख ५० हजार रूपैयाँ तोकेको छ।

एच फाइभ  

२००० सिसी इन्जिन क्षमता भएको एच फाइभको सम्पूर्ण बनावट विशिष्ट वास्तुकलामा आधारित छ। आकर्षक रंगहरूमा उपलब्ध यो गाडीको मूल्य ८४ लाख ९९ हजार रूपैयाँ रहेको छ।

प्रकाशित: २७ फाल्गुन २०७७ ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App