२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

गायक सागर कुवँरकाे ‘संघर्ष’ सार्वजनिक

गायक सागर कुवँरले ‘संघर्ष’ बोलको र्‍याप गीत सार्वजनिक गरेका छन्। विगत ५ वर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेका उनले मानिसले संघर्ष गर्नेक्रममा भोगेका पीडालाई प्रेरणाका रुपमा लिनुपर्ने सन्देश यस गीतबाट प्रवाह गर्न खोजेका छन्।  

सपनालाई पूरा गर्नका लागि संघर्ष अनिवार्य रहेकाले यसबाट विचलित हुन नहुने सन्देश उनले भिडियोमार्फत पनि दिएका छन्। गीतको भिडियो काठमाडौं छिरेको एक व्यक्तिको संघर्षमा केन्द्रीत छ।  

भिडियोको सम्पादन तथा निर्देशन अनुप राईले गरेका हुन्। त्यस्तै, गीतको मिक्सिङ र मास्टरिङ मिस्ट चाम्ब्लिङले गरेका छन्। भिडियोमा सागर कान्छोले अभिनय गरेका छन् भने डिओपी रविन लामाले कलरिस्टको काम समेत गरेका छन्। त्यस्तै,  हिमाल खड्का र कर्मा लामाले गीतको छायाँकन गरेका छन्।

प्रकाशित: ३ वैशाख २०७८ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App