१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पहिरोले लोकमार्गमा सास्ती, दुई महिनामा २२ पटक अवरुद्ध

गत साउन २९ गते बाग्लुङ बजारबाट बुर्तिबाङका लागि हिँडेको जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङको टोली दुई घण्टाबीच बाटोमै रोकियो।

मुग्लिन सडकमा जनताले पाएको सास्तीप्रति प्रधानमन्त्री चिन्तित

प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण जनताले पाएको सास्तीप्रति चिन्ता व्यक्त गरेका छन्।

जनसत्ताका रजिस्ट्रेसनले जनतालाई सास्ती

माओवादी सशस्त्र द्वन्द्वकालमा तत्कालीन जनसत्ताले गरिदिएको जग्गा किनबेचको रजिस्ट्रेसन पासले वैधानिकता नपाउँदा जनता सास्तीमा परेका छन् । २०६० सालमा घर्तीगाउँ १ बस्ने ३० वर्षीय टेकबहादुर दमाईंले ५० हजारमा किनेको घरसहितको जग्गामाथि अहिले जिल्ला अदालत रोल्पामा मुद्दा चलिरहेको छ । ‘उतिबेला हामीले पास गरिदिए भइहाल्छ भनेर माओवादीले गाउँमै जग्गा पास गरिदियो अहिले आएर मुद्दा प¥यो,’ तत्कालीन जनसत्ताले दिएको लालपुर्जा बोकेर अदालत आएका टेकबहादुर दमाईंले भने, ‘काठमाडौंको इँटाभट्टामा काम गरेर कमाएको २० हजार र ऋण गरेको ३० हजारले जग्गा किनेको हुँ । त्यसपछि पनि इँटा बोकीबोकी ऋण तिरें । आज १३ वर्षपछि आएर मुद्दा पर्याे ।’

कर्मचारीको व्यवस्थापन नहुँदा भूकम्पपीडितलाई सास्ती

दोस्रो किस्ताका लागि सम्झौता भएर पनि भूकम्पपीडितले राहत रकम पाउन सकेका छैनन् । स्थानीय तहमा कर्माचारीको व्यवस्थापनको अभावकै कारण भूकम्पपीडितले रकम पाउन नसकेका हुन्।

पेट्रोल स्टक नहुँदा उपभोक्तालाई सास्ती

नेपाल आयल निगमले पर्याप्त पेट्रोल स्टक नराख्दा उपभोक्ताले सधैं सास्ती झेल्दै आएका छन्। लगातार बिदा हुनासाथ उपत्यकाका उपभोक्ताले पेट्रोल भर्न घन्टौं लाइन बस्न बाध्य छन्।

सुटिङमा सास्ती भोग्दै कलाकार

फिल्मको छायांकन गर्ने कामलाई सर्वसाधारण तथा दर्शकले सजिलो कामका रुपमा लिन्छन्। तर फिल्म युनिटभित्र रहेर काम गर्ने कलाकार, प्राविधिक, निर्माता र निर्देशकले भोग्ने सास्ती आफ्नै किसिमको छ।

हावाहुरी र चर्को घामले अग्नीपीडितलाई सास्ती

मिथिलाञ्चलबासीको पर्व जुडशितलको उल्लासले शनिबार यस क्षेत्रलाई छप्पकै छोपेको थियो। मिठोमसिनो खाएर जुडशितल पर्वको उल्लासमा मिथिलाबासी रमाईरहँदा सिरहा सखुवानन्कारीकट्टी –४ सिम्राहा टोलका अग्नीपीडित बस्तीमा खलबली मच्यो।

काठमाडौंको आकाशमा ट्राफिक जाम, यात्रुलाई सास्ती

काठमाडौंको आकाशमा ट्राफिक जाम, खराब मौसमले हवाई उडान रद्द र समय हेरफेर हुँदा सयौं यात्रु समस्यामा परेका छन्। हङकङबाट आएका अली गुरुङले काठमाडौं–पोखरा उडानका लागि शुक्रबार दिउँसो २:१० बजेका लागि बुद्ध एयरको टिकट लिएका थिए।

अभिभावकलाई पुस्तक सास्ती

नयाँ शैक्षिक भर्ना सुरु भएसँगै अभिभावकलाई किताब किन्ने, नानी भर्ना गराउने र विभिन्न थरीका शुल्कको भारले तनाव हुने गरेको छ। यो वर्ष पनि यही क्रमले निरन्तरता पाउँदैछ। बाबुनानी कक्षा चढेकोमा खुसी हुनुपर्ने अभिभावकलाई यति बेला पुस्तक जुटाउने समस्याले पिरलेको छ।

सार्वजनिक सवारीले विद्यार्थी ओसार्दा सर्वसाधारणलाई सास्ती

सार्वजनिक यातायात व्यवसायीले नियमित रुटमा सवारीसाधन नचलाई निजी विद्यालयका विद्यार्थी बोक्न थालेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। बिहान र बेलुकी यात्रु चाप रहने समयमै व्यवसायीले तोकिएको रुटमा सवारीसाधन नचलाइदिँदा यात्रुले दुःख पाउने गरेका छन्।

भिआइपी सवारीले सास्ती

राष्ट्रपति विद्यादेवी भण्डारी बुुधबार बिहान ११ः३० मा वसन्तश्रवणका लागि हनुमानढोका दरबार परिसरमा पुगिन्। शीतलनिवासदेखि न्युरोडसम्म सडक ११ बजेबाटै खाली गरियो। योबीचमा शीतलनिवास, पानीपोखरी, लाम्जिपाट, लैनचौर, जमल, न्युरोड, हनुमानढोका क्षेत्रमा निजी तथा सार्वजनिक सवारीसाधन चल्न पाएनन्।

तीनकुने क्षेत्रमा अनधिकृत पार्किङले सास्ती

काठमाडौंको तीनकुने–गैरीगाउँ सडकपेटीमा हुने अनधिकृत पार्किङका कारण सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडकपेटी नै छेकेर अस्तव्यस्त पार्किङले आउजाउ गर्न निकै समस्या भएको तीनकुनेका स्थानीय श्याम श्रेष्ठले बताए ।

जन्मसिद्ध नागरिकता नपाउँदा सास्ती

मधेस-तराईमा जन्मका आधारमा नागरिकता पाएका आमाबाबुका छोराछोरीले नागरिकता पाउन नसक्दा सास्ती भोग्नुपरेको छ। मधेसका विभिन्न जिल्लाका पचास हजारभन्दा बढी यस्ता व्यक्तिले नागरिकता पाउन नसकेको त्यहाँका सांसदहरू बताउँछन्।

सवारी साधन नचल्दा जुम्लाका यात्रुलाई सास्ती

छोटो दूरीमा आवातजावत गर्ने यहाँका यात्रुलाई यात्रा गर्न निकै सास्ती भएको छ । विगत डेढ महिनादेखि जुम्ला सदरमुकामदेखि कालीकोट नाग्मगाड र सिंजा क्षेत्रमा आवजतजावत गर्ने यात्रुलाई नियमित सबारी साधान नचल्दा यस्तो हैरानी भएको हो ।

भारतीय रूपैयाँ नसाटिँदा सास्ती

तुलबहादुर विक १३ महिनापछि असोजमा घर फर्के। उनी नयाँ दिल्लीस्थित रानीबागमा काम गर्थे। रातको चौकीदारी र दिनमा सवारी साधान सफा गर्ने काम थियो। घरपरिवार र सन्तान पाल्न उनी भारत पसेका थिए। दशैं तिहार मनाएर फेरि भारत फर्किने उनको तयारी थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्