राष्ट्रपति भ्रमणले सर्वसाधारणलाई सास्ती
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले सर्वसाधारणको तीनदिने सास्ती सुरु भएको छ । भारतीय राष्ट्रपति मुखर्जी तीनदिने राजकीय भ्रमणमा बुधबार राजधानी आइपुगेपछि सर्वसाधारणले सास्ती पाएका हुन् ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले सर्वसाधारणको तीनदिने सास्ती सुरु भएको छ । भारतीय राष्ट्रपति मुखर्जी तीनदिने राजकीय भ्रमणमा बुधबार राजधानी आइपुगेपछि सर्वसाधारणले सास्ती पाएका हुन् ।
वर्षातका कारण जिर्ण बनेको राप्ती राजमार्ग मर्मत सम्भार नहुँदा दशैंमा घर आउने यात्रुहरुलाई सास्ती भएको छ। दाङखि मुसीकोट खलंगासम्मका विभिन्न खण्डहरुमा खाल्डा खुल्डी छन्।
दशैँ र तिहारको आगमनसँगै राजधानीबाट बाहिर जाने यात्रुहरुको चाप काठमाडौंका नाकाहरुमा देखिन थालेको छ। कंलकी, नयाँ बसपार्क, कोटेश्वारलगायत राजधानीको विभिन्न बसपार्कहरुमा बिहानैदेखि बेलुकासम्म झोला र कुम्लो–कुटुरो बोकेर घर जानेहरुको लामबद्ध बसेका देख्न सकिन्छ।
दसैंतिहार नजिकिँदा विभिन्न कामका लागि गाउँसहर छाडेकामा थातथलो फर्कने हतारो सुरु भइसकेको छ। अधिकांशको घर फर्किने माध्यम सार्वजनिक सवारी हो तर यही मौकामा यातायात व्यवसायीले चर्को भाडा असुल्ने, सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु कोच्ने र आफूले पाएको रुटपरमिटको सीमा नाघेर जोखिमपूर्ण सेवा सञ्चालन गर्ने गरेका छन्।
दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलामा सम्पन्न असंलग्न राष्ट्रको १७औं शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्केका उपराष्ट्रपति नन्दबहादुर पुनको सवारीले बुधबार बिहान राजधानीमा केही घन्टा ट्राफिक जाम भयो। भिआइपी सवारीमा सडक खाली गर्नुपर्दा हुने बारम्बारको ट्राफिक जामले सधैं सर्वसाधारणले सास्ती खेप्दै आएका छन्।
श्राद्ध गरेर तर्पण दिंदा पितृले पाउँछन् भन्ने विश्वास बोकेर गोकर्णमा तर्पण दिन गएका रामहरी सुवेदीले यसअघि कहिल्यै नपाएको सास्ती पाए। थानकोटबाट गोकर्ण आइपुगेका सुवेदीको सास्ती जोरपाटीबाटै सुरु भयो।
रुट पर्मिट बिना गाडी चलाउन नपाउने भन्दै स्थानीय प्रशासनले जिल्लाका केही सडकमा गाडी चलाउन रोक लगाएपछि स्थानीय सास्तीपूर्ण पैदल यात्रा गर्न बाध्य भएका छन्। गाडी चल्दा यातायात व्यावसायीको चर्को भाडा र जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय यात्रु अहिले गाडी बन्द भएपछि सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका हुन्।
अविरल वर्षाका काण दुई महिनादेखि कर्णाली राजमार्गको सहायक राजमार्गको रुपमा रहेको नाग्म गमगडी सडकमा सवारी साधन चल्न सकेका छैनन्। बर्षाका कारण नाग्म गमगढी सडक खण्डको सयौै ठाँउमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
साँझ परेपछि ललितपुर, एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय परिसर चकमन्न र सुनसान हुन्छ। तर राति ८ बजेपछि यो शान्ति खल्बलिन्छ र परिसरभित्र बिस्तारै मानिसको गाइँगुइँ र चहलपहल सुरु हुन्छ। परिसरभित्र पस्ने सबै मूलद्वारबाट नभएर पर्खाल नाघेर परिसरभित्र पसिरहेकाको संख्या बढ्दै जान्छ। रात जति छिप्पिँदै जान्छ, भीडभाड पनि बढ्दै जान्छ।
डोटी– डौड–६ थापागाउँका कर्णबहादुर थापा औषधिका लागि धनगढी जान शनिबार बिहानै दिपायल पुगे। दिपायल पुग्दा उनी छाँगाबाट खसेजस्तै भए। ‘आज त गाडी बन्द छ, त्यो पनि अनिश्चितकालिन,’ उनलाई कसैले सुनायो। उनका निधारबाट चिटचिट पसिना निस्कियो। अब के गर्ने ? उनलाई शनिबार जसरी पनि धनगढी पुग्नु थियो। खर्च पनि थोरै मात्रै बोकेका थिए।
'यो सर्दु खोला हो, धरान र विगतको विष्णुपादुकाबीचको खोला। यो क्षेत्रका सांसद छैनन्? त्यहाँ नागरिक छैनन्? यहाँ आजसम्म एउटा पनि पुल छैन, सेउतीमा गन्न नसक्नेगरी पुल बनेको बन्यै छ,' धरान–८ का पुण्यबहादुर राईले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्। बाढी आएको सर्दु खोलामा मुस्किलले मोटरसाइकल तार्दै गरेको फोटोसमेत पनि उनले पोस्ट गरे।
काप्रेचौर (सल्यान)— सल्यान काप्रेचौरबासीका लागि सदरमुकाम शारदानगरमा पुग्न एक दिन लाग्छ । यो गाविस सदरमुकामसँग सिधा सडक सञ्जालबाट टाढै छ । काप्रेचौरका सबै वडा जिल्लाको सडक सञ्जालबाट अलग छन् । यहाँका करिब चार हजार नागरिकका लागि नजिकको सडक र बजार भनेको रत्नराजमार्ग र सुर्खेत, बाँके र बर्दियाका बजार हुन् । बर्दिया बाँसगडी–१ बबईबजारबाट सुर्खेत भेरीगंगा– ८ हात्तीखालहुँदै १५ किलोमिटर कच्ची सडक पार गरेपछि यो गाविस सडक सञ्जालसँग जोडिन्छ।