६ आश्विन २०८१ आइतबार
image/svg+xml

कर्णाली सार्वजनिक शिक्षा सुधार अभियान

सरकारले नीतिगतरूपमा कर्णाली क्षेत्रका स्तरीय विद्यालय र केन्द्रका उत्कृष्ट विद्यालयहरूले सहकार्य गरी योगदान गर्ने वातावरण बनाइदिने हो भनेमात्र पनि कर्णालीको शिक्षामा सुधार ल्याउन सकिने प्रशस्त सम्भावना देखिन्छ।

मुख्यमन्त्री शाही र प्रधानसेनापतिबीच भेट

भेटका अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे गराएका थिए।

कांग्रेस महाधिवेशन: सुर्खेतमा संस्थापन समूहको वर्चश्व

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित आठ पालिकामा संस्थापन (शेरबहादुर देउवा) समूह विजयी भएको छ।

मङ्सिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन

कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको हो। चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्तीण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ।

कर्णालीका नवनियुक्त मन्त्री शाहीले लिए शपथ

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का शाहीले शपथ लिएका हुन्।

उपकुलपतिलाई कामकाजमा रोक लगाउने निर्णय कार्यन्वयन नगर्न अदालतको आदेश

सरकारले कामकाजमा रोक लगाउने निर्णय गरेको एक साता नबित्दै अदालतले कामकाज गर्न रोक लगाउने निर्णय कार्यन्वयन नगर्न दिइएको आदेशले प्रतिष्ठानमा राजनीति मौलाउदै जान थालेको आभाष गरिएको छ।

राहत लिएर आगलागी पीडित भेट्न जाँदै मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगु सदरमुकाम गमगढीमा मंगलबार राति भएको आगलागी घटनाको स्थलगत अवलोकन गर्ने भएका छन्।

मुख्यमन्त्री शाहीद्वारा आगलागी घटनाप्रति दुःख व्यक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको गमगढीमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

एक अर्ब ५९ करोडमा कर्णाली रङ्गशाला निर्माण सुरु

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरुआत गरिएको छ। प्रदेश सरकारको लगानीमा सो रङ्गशाला निर्माण सुरु भएको हो।

उपकुलपतिलाई काम गर्न रोक

सरकारले उपकुलपति रावलसहित रजिस्ट्रार नृपेन्द्र महतलाई पनि तत्काल कामकाज नगर्न निर्देशन दिएको छ। कर्णाली प्रतिष्ठानका पदाधिकारीको योग्यतामाथि प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई दैनिक कामकाज नगर्न निर्देशन दिएको हो।

दश पालिकामा अझै छैन सडक पहुँच

नेपालको सबैभन्दा ठूलो भूगोल भएको कर्णाली प्रदेशमा जम्मा ७९ वटा स्थानीय पालिका छन्। ७९ मध्ये अझै १० वटा पालिका सडक सञ्जालसँग जोडिएका छैनन्। मुगु जिल्लामा चार वटा स्थानीय तह छन्।

जनगणनाका लागि सही विवरण टिपाउन मुख्यमन्त्री शाहीकाे आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १२ औं राष्ट्रिय जनगणनाका लागि घर–दैलोमा आउने गणकहरुलाई सही विवरण टिपाएर सहयोग गर्न आग्रह गरेका छन्।

कर्णाली अझै टुकीकै भरमा

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्याङ्कका अनुसार करिब १८ लाखभन्दा बढी जनसङ्ख्या रहेको कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशतअर्थात् पाँच लाख ६१ हजार नागरिक मात्रै विद्युत्को प्रत्यक्ष पहुँचमा छन्।

कर्णालीमा सरकारी जहाजको नियमित उडान

भदौ २७ गतेदेखि जुम्लामा उडान नभरेको सरकारी जहाजले कात्तिक १५ गतेपछि नियमित चार उडान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्