४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा पहिलोपटक डाइलासिस सेवा सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक डाइलासिस सेवा सुरु भएको छ। मृगौला रोगीहरुलाई केन्द्रीत गर्दै डाइलासिस सेवा सुरु गरिएको अस्पताल निर्देशक डा. पुजन रोकायाले जानकारी दिए। डाइलसिस सेवा सोमबारबाट सुरु भएको हो।

कर्णाली प्रदेश सरकारविरुद्ध उच्च अदालतमा रिट दर्ता

कालिकोटको एकमात्र सरुवा रोग अस्पताल सुर्खेतमा सार्ने निर्णयविरुद्ध उच्च अदालत जुम्लामा रिट दायर गरिएको छ।

सधैं कुपोषणको मारमा कर्णालीका बालबालिका

प्रतिष्ठानले सञ्चालन गरेको पोषण सुधार तथा पुनर्स्थापना गृहमा अहिले १२ जना आमाका १४ बच्चा भर्ना छन्। तीमध्ये दुईजना आमाका जुम्ल्याहा बच्चा छन्। पोषण सुधार तथा पुनर्स्थापना गृहका व्यवस्थापक महेन्द्र हमालका अनुसार बाजुरा, हुम्ला, मुगु, दैलेख, कालिकोट, डोल्पा र जुम्ला जिल्लाका बच्चा र आमाले लाभान्वित छन्। उनका अनुसार गत वर्ष १ सय २८ जनाले सेवा लिएका थिए। त्यस अघिल्लो वर्ष १ सय ३० जनाले सेवा लिएका थिए।

कर्णाली नदीमा पानीको बहाव बढ्दैः तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ। पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ।

कर्णालीको कहर

कसैले कसैलाई छिः छिः र दूरः दूरः गर्‍यो भने ‘कर्णालीलाई हेपे जस्तो’ भन्ने प्रतिक्रिया प्राप्त हुन्छ जोकसैको मुखबाट पनि। खासमा सबैतिरबाट हेपिएका कारण नै कर्णाली हेपाइ र पिल्साइको पर्याय बन्न पुगेको हो।

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क)नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ। नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ।

कर्णालीको काल बन्दै ‘अप्रेसन आवर’

नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि हिमाली तथा पहाडी क्षेत्रका २९ वटा विमानस्थलमा बिहान ६ देखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। सो समयमा विमान उड्न नसक्दा ‘रेफर’ गरिएका कतिपय बिरामीले ज्यान गुमाइरहेका छन्।

समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण: मन्त्री पोखरेल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

३४ घण्टापछि खुल्यो कर्णाली राजमार्ग

बेपत्ता ट्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै बिहीबारदेखि बन्द गरिएको कर्णाली राजमार्ग ३४ घण्टापछि खुलेको हो।

भगवान पुकार्दै गर्नुपर्छ कर्णालीको यात्रा

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली राजमार्गको दहिखोलादेखि जुम्लासम्म ४३ ठाउँमा बर्सेनि पहिरो जान्छ।

बेपत्ता ट्याक्टर चालकको खोजीको माग गर्दै कर्णाली राजमार्ग बन्द

चन्दननाथ नगरपालिका-९ बयालकाटियाका ट्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै आफन्तले कर्णाली राजमार्ग बन्द गरेका हुन्।

जुम्लाका आमाहरूलाई स्तनपान शिक्षा

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्तनपान शिक्षा सुरु भएको छ।

‘अप्रेसन आवर’ले कर्णाली मर्कामा

कर्णालीको हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालले जोडिएको छैन। हुम्ला पुग्न मात्रै होइन, दैनिक उपभोग्य वस्तुका लागि हवाई मार्ग एक मात्र विकल्प हो।

कर्णालीका अस्पतालमा बिरामीको भीड

कर्णालीका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखापरेको छ। सुर्खेत, दैलेख र कालिकोटका स्वास्थ्य संस्थामा उपचारका लागि आउने आँखाका रोगीहरूको भीड नै लाग्ने गरेको छ।

राष्ट्रिय प्रतियोगिता गर्न कर्णालीमा समस्या नभएको दावी

कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुनै पनि समस्या नहुने बताईएको छ। कर्णाली प्रदेशमा अन्य प्रदेशका खेलकुद परिषद्का पदाधिकारीहरूले अवलोकनमा आएका बेला उनीहरुले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कुनै पनि समस्या नहुने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्