२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बेपत्ता ट्याक्टर चालकको खोजीको माग गर्दै कर्णाली राजमार्ग बन्द

२०७७ असोज १५ गते बेपत्ता भई हालसम्म फेला नपरेका ट्याक्टर चालकले न्याय नपाएको भन्दै कर्णाली राजमार्ग बन्द गरिएको छ।

चन्दननाथ नगरपालिका-९ बयालकाटियाका ट्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै आफन्तले कर्णाली राजमार्ग बन्द गरेका हुन्।

बिहीबार बिहानैदेखि कर्णाली राजमार्ग बन्द भएपछि जुम्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन बन्द भएका छन्। बन्द भएको कर्णाली राजमार्ग खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए। उनका अनुसार बन्द भएको सडकखण्डमा सुरक्षाको टोली पुगिसकेको छ।

चालक गिरीको अवस्था हालसम्म पत्ता लागेको छैन। उनी २०७७ असोज १५ गते सहचालक एक बालकसहित जुम्ला बजारबाट ट्याक्टरमा सरिया र सिमेण्ट लिएर गुठीचौर गाउँपालिका-१ मणीसाँघु गएका थिए। त्यहाँका कर्ण बस्नेतको घरमा झारेर फर्की आउनेबेला गुठीचौर गाउँपालिका-५ लामाकार भिरबाट बेपत्ता पारिएको थियो।

प्रकाशित: २५ श्रावण २०८० ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App