४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा पहिलोपटक डाइलासिस सेवा सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक डाइलासिस सेवा सुरु भएको छ। मृगौला रोगीहरुलाई केन्द्रीत गर्दै डाइलासिस सेवा सुरु गरिएको अस्पताल निर्देशक डा. पुजन रोकायाले जानकारी दिए। डाइलसिस सेवा सोमबारबाट सुरु भएको हो।  

डाइलासिस सेवाले कर्णालीका मृगौला रोगीहरुको लागि राहत प्रदान गर्ने अपेक्षा गरिएको निर्देशक रोकायाले बताए। जब मृगौला रोगीहरुको मृगौलाले काम गर्दैन्। शरीरका फोहोर चिजहरु फालिरहेको हुदैन्। उति नै बेला मृगौलाले गर्ने काम मेसिनले गरिरहेको हुन्छ।

 उनले डाइलासिस सेवा लिनको लागि मृगौला रोगीहरुलाई आव्हान समेत गरे। 'मृगौला बिरामीहरु आउनुहोस । हामी सेवा दिन तयार भइसकेका छौं ।' उनले भने, ‘यो सेवाले कर्णालीबासीको लाखौं रुपैयॉ जोगाउने छ। ’

डाइलासिस सेवा प्रदान गर्न एक नर्सिङ अफिसर र दूई जना स्टाफ नर्सलाई तालिम दिएर खटाइएको छ। उनीहरुले चिकित्सकहरुको निगरानीमा सेवा दिनेछन्।

निर्देशक रोकायाले भने,‘जुम्लामा मृगौला पिडितहरुको तथ्यांक राखिएको छैन। तर बिरामीहरु आइरहेका हुन्छन्। यो सेवाले मृगौला पिडितहरुको तथ्यांक राख्न सहज हुनेछ। ’  

यो सेवा अस्पतालले निशुल्क रुपमा प्रदान गर्ने भएपनि आउजाउ गर्न र डेरा लिएर बस्नुपर्दा मृगौला रोगीहरु निकै महंगोमा सेवा लिइरहेका देखिन्छन्। 'यसअघि सुर्खेत, नेपालगञ्ज र काठमाण्डौंका सुविधा सम्पन्न अस्पताल सम्म पुगेर मृगौला रोगीहरुले डाइलासिस सेवा लिइरहेका थिए। उनीहरुले अब घरपायक सेवा पाउने भए। यो खुसीको कुरा हो,' निर्देशक रोकायाले भने ।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा मेसिन दिइएको छ। जसमा २ मेसिन मात्र प्रयोगमा ल्याइएको छ। बिरामीको चाप अनुसार मेसिनहरु जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ।

हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सिटी स्क्यान, एक्सरे, डाइलासिस, हाडजोर्नी, नसारोग, बालरोग, स्त्रीरोग, नाक, कान, घॉटी र छाला रोग सम्बन्धिको सेवा दिइरहेको छ ।

प्रकाशित: ३१ श्रावण २०८० ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App