महाभारतमा पाटेबाघ देखिएपछि दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिदै
डडेल्धुराको लाईफलाईन रहेको महाभारत वन क्षेत्रमा दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिन लागेको छ । पहिलो पटक महाभारत वन क्षेत्रको दुई हजार पाँच सय मिटरको उचाइमा पाटेबाघको ईमेज ट्याप भएपछी दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिन लागेको डिभिजनल वन कार्यालय डडेल्धुराले जनायो । महाभारत वन क्षेत्रको भागेश्वर करिडोरमा यसअघि हालसम्मकै उचाईमा पाटेबाघको ईमेज ट्याप भएको थियो ।