२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना संक्रमित तीन भारतीयको 'कन्ट्याक ट्रेसिङ' गरिँदैं

काठमाडौं – नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। औपचारिक रुपमा स्वास्थ्य मन्त्रालयले ३ जनामा कोरोना देखिएको अपडेट गराएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ। जसमध्ये एक जना उपचार पछि घर फर्किसकेका छन्। 

वीरगंजको छपकैयामा रहेको एक मस्जिदमा रहेका २१ जनाको परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। संक्रमितहरुको उमेर ३७, ४४ र ५५ वर्षका पुरुष रहेको मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।

उनीहरुको दुईपटक हेटौँडामा कोरोना परीक्षण गरिएको थियो। दुवैपटक कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। उनीहरुसँगै २१ जना परीक्षणका लागि नारायणी अस्पताल पुगेको बताइएको छ।

साथै उनीहरुको संसर्ग र गएको स्थान पहिचान गरि कन्ट्याक ट्रेसिङ गर्ने कार्यहरु भैरहेको पनि मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ३० चैत्र २०७६ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App