२७ पुस २०८१ शनिबार
image/svg+xml

किसानलाई कोल्डस्टोरमा १३ करोड अनुदान

कृषिजन्य उत्पादनको व्यवस्थित भण्डारण गरेर बजारमा बिक्रीको प्रबन्ध गर्न सरकारले निजी क्षेत्रको सहभागितामा ठूला कोल्डस्टोर निर्माण गर्ने भएको छ।

४९ उद्यमीलाई अनुदान

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ ।

बूढीगण्डकीलाई लगानीयोग्य बनाउन करिब १ खर्ब अनुदान

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई लगानीयोग्य बनाउन अनुदान उपलब्ध गराउने भएको छ।

एक अर्ब दुई करोड अनुदान

कोरिया सरकारले एकीकृत ग्रामीण विकासका लागि एक अर्ब दुई करोड रुपैयाँ अनुदानस्वरूप उपलब्ध गराउने भएको छ । विज्ञान प्रविधिको क्षेत्रमा नवीनतम खोज एवं अध्ययन गरी नेपालको सामाजिक, आर्थिक विकासमा सघाउन कोरिया सरकारले काठमाडौँ विश्वविद्यालयलाई उक्त रकम प्रदान गर्न लागेको हो ।

अनुदान वितरणका लागि थप ११ अर्बको अख्तियारी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा किस्ता वितरण गर्न थप ११ अर्ब रुपैयाँको अख्तियारी दिएको छ ।

एक लाख अनुदान थपले भूकम्प पीडितमा खुसी

घरको जग हालेर दोस्रो किस्ताका लागि निवेदन दिएका सिद्धलेक गाउँपालिका ५, चापखोलाका सीता गुरुङ घर बनाउन सरकारले अनुदान थप गरिदिएपछि खुसी भएकी छन्। पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर बनाउन थालेका सीताले निर्माण सामग्री महंङगीएकाले घर बनाउन नसकेको बताइन्।

जापान सरकारद्वारा बत्तीस करोड अनुदान

जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३२ करोड ४८ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ।

भूकम्पपीडितले अनुदान पाएनन

घरमा क्षति पुर्याएको र पुनर्निर्माण कार्यविधि जारी हुनुअगावै बनेका घर नुवाकोटमा ५ हजार ३ सय ६४ छन् । ती घरहरू मापदण्डअनुसार नबनेकाले अनुदान रकम पाउनबाट वञ्चित छन् ।

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित

भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटमा सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा लाभग्राही मात्र निजी निवास निर्माणको प्रक्रियामा समेटिएका छन्।

अनुदानका ट्याक्टर दुरुपोग

कृषि परियोजनका लागि भन्दै भन्सार छुट सहुलियत लिएका ट्याक्टरको दुरुपयोग भएको छ । त्यस्ता ट्याक्टर गैरकृषि कार्यमा प्रयोग गरिएका छन् । सरकारले कृषि परियोजनाअन्तर्गत ट्याक्टरमा ५ प्रतिशतमात्र भन्सार महसुल तोकेको छ तर यहाँ त्यस्ता ट्याक्टरको सार्वजनिक ढुवानीमा दुरुपयोग भइरहेको छ ।

‘उत्पादनमा अनुदान दुग्ध उत्पादक किसानका लागि उत्तम,’

दूध उत्पादन गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको दूधमा नै अनुदान दिनु लाभदायक देखिएको बुधबार भरतपुरमा सम्पन्न एक कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।

अनुदानले जग्गा किन्दै भूकम्प पीडित

२०७२ वैशाख १२ को विनासकारी भूकम्पले बाह्रबिसे नगरपालिका–५, गातीका चन्द्रबहादुर सुनारको घर मात्र भत्काएन, सँगै निम्तिएको पहिरोले गावै पुरेर थातथलो नै मेटाइ दियो । घरसहित सम्पत्तिको नाममा रहेको थोरै जमिनमा पहिरोमा परेपछि पाँच सदस्यीय सुनार परिवार गाउँबाट विस्थापित भयो । उनको परिवार ३२ महिनादेखि अरुको जमिनमा जस्ताको अस्थायी टहरोमा बस्दै आएको छ।

खोटाङमा भूकम्प पीडितले अझै पाएन् आवास अनुदान

विभिन्न प्राविधिक समस्याका कारण खोटाङका ३८१ भूकम्प पीडित आवास अनुदान पाउनबाट बञ्चित भएका छन्। २०७२ साल जेठ १२ गतेको महाभूकम्प र पराकम्पनका कारण घर बिहिन बनेका जिल्लाका ८ हजार ४४३ लाभग्राहीमध्ये ३८१ घर परिवार हालसम्म आवास अनुदान वापतको पहिलो किस्ता लिनबाट समेत बञ्चित भएका हुन्।

अनुदान र कार्बन व्यापारबाट १७ अर्ब ८५ करोड रुपैयाँ

वन मन्त्रालयले वातावरण र वनसँग सम्बन्धित पाँचवटा परियोजना र कार्बन व्यापारबाट १७ अर्ब ८५ करोड रुपैयाँ भित्र्याउने तयारी गरिरहेको छ । यीमध्ये कार्बन व्यापारबाट ७ अर्ब रुपैयाँ र बा“की परियोजनाका लागि अनुदान ल्याउने तयारी गरिएको हो । यसबाहेक पा“चमध्येकै एउटा परियोजनाका लागि १ अर्ब ६० करोड रुपैयाँ ऋण पनि लिइँदैछ ।

अनुदानको मल अपुग भएपछि गैरअनुदानको मल बिक्री

अनुदानको रासायनिक मलले बजारको माग धान्न नसकेपछि नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी)ले गैरअनुदानको मल बिक्री सुरु गरेको छ । सरकारी अनुदानको युरिया, डिएपी, पोटासले मात्र किसानको आवश्यकता परिपूर्ति नभएपछि कर्पोरेसनले सरकारको अनुमतिमा बहुतत्वयुक्त एल्मोनियम सल्फेट र सिंंगल सुपर फस्पेट बिक्री गर्न थालेको हो । यी दुई मलमा भने सरकारको अनुदान छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्