२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महाभियोगका विषयमा सबै दलको सहमति खोज्ने माओवादी निर्णय

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता महाअभियोगका विषयमा कांग्रेसँग छलफल गर्ने निर्णय गरेको छ। बिहीबार बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले संसदमा दर्ता महाअभियोगका विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको नेता मणि थापाले जानकारी दिए।

माओवादी केन्द्रको राष्ट्रिय भेला सर्‍यो

काठमाडौं- नेकपा माओवादी केन्द्रले राष्ट्रिय भेलाको समय सारेको छ। केन्द्रले कार्तिक १० र ११ गते राजधानीमा गर्ने भनेको पार्टीको भेला मंसीर २ गतेलाई सार्ने निर्णय गरेको हो।

‘साम्राज्यवाद’ र ‘विस्तारवाद’ले माओवादी सांसदकै टाउको दुख्यो

माओवादीले राजनीतिक प्रशिक्षण र दस्तावेजमा जहीँतहीँ प्रयोग गर्ने दुई शब्द छन्— भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद। कुनै बेला माओवादीले खुबै माया गरेर प्रचार गरेका यी दुई शब्दले एक जना माअाेवादी सांसदकै टाउको दुःखाइ दिएको छ। मंगलबार संसदमा बोल्दै उनले राष्ट्रिय अभिलेखबाट समेत ती दुई हटाउनुपर्ने माग गरे।

कांग्रेस-माओवादीले 'काम नलाग्ने' भनेर अस्वीकृत गरेका तीन विधेयक शब्द नफेरि पारित

व्यवस्थापिका–संसद्को बैठकले अर्थतन्त्रसम्बन्धी तीन विधेयकलाई बहुमतले पारित गरेको छ। ती विधेयकमा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३ रहेका छन्।

माओवादी केन्द्रकाे राष्ट्रिय भेला कात्तिक १० र ११ गते

गत जेठमा १० वटा कम्युनिस्ट घटकको एकीकरणपछि नेकपा माओवादी केन्द्रले पहिलोपटक आउँदो कात्तिक १० र ११ गते राष्ट्रिय भेला गर्ने भएको छ ।

योजनाविहीन वैद्य माओवादी

आउँदो चैतमा स्थानीय निर्वाचन भइहाल्यो भने भाग लिनु हुन्छ या हुँदैन ? नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले जवाफ फर्काए– त्यतिबेला कस्तो परिस्थिति आउँछ । चुनावमा भाग लिने÷नलिने त्यसमै भर पर्छ ।

माओवादी नेतृत्वको कडा आलोचना

नेकपा माओवादी केन्द्रका नेताहरूले पछिल्ला दिन पार्टीले विचार र विधिलाई बेवास्ता गरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन्। शनिबार सुरु सचिवालय बैठकमा नेताहरूले माओवादी पार्टी दस वर्षे सशस्त्र द्वन्द्वको आडमा स्थापित भए पनि पछिल्ला दिन नेतृत्वले विचार र विधिलाई पूरै बेवास्ता गरिरहेको बताए।

माओवादी डेरावालका कथा-ब्यथा

ओहो... कुनै दिन तोप बन्ने अक्षरहरुको दयनीय अवस्था भनेको माओवादी जनयुद्धको अहिलेको अवस्था हो। पत्रु भएका माल, खिया लागेका हतियार र सन्दर्भहीन भएका विचारको महत्व नै के हुन्छ र?

अख्तियारले बार्गेनिङ गर्न खोज्यो : माओवादी नेता

नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य मणि थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बार्गेनिङ गर्न माओवादी शिविर घोटाला प्रकरण ब्युँताएको बताएका छन्।

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक: माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोे भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको बैठकमा गत भदौ ३० देखि असोज २ गतेसम्मको प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे कार्यालयका सदस्यहरुले आआफ्नो धारणा राख्नुभएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

तरुण दल गोरखाको अध्यक्षमा पूर्व माओवादी लडाकु

गोरखा- नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गोरखाको अध्यक्षमा यमबहादुर थापा (अरुण) अत्याधिक मतले बिजयी भएका छन्।

भ्रमण: माओवादी नेता वा प्रधानमन्त्रीको ?

प्रधान मन्त्री पुष्पकमल दाहालको आसन्न भ्रमणका सन्दर्भमा अनेक टीकाटिप्पणी हुँदैछन् जुन असाध्य स्वाभाविक छन्।

वैद्य माओवादी देशभक्त जनगणतान्त्रिक मोर्चाबाट चुनाव लड्ने

काठमाडौं–मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी अब देशभक्त जनगणतान्त्रिक मोर्चाबाट चुनाव लड्ने भएको छ।

माओवादीको अग्नि परीक्षाको समय आएको छ: माधव नेपाल

रामेछाप-नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय स्वाभिमानको अग्नि परीक्षा नजिकिदै गरेको बताएका छन।

जापानका माओवादी एकीकृत हुँदै

टोकियो—जापानस्थित माओवादी केन्द्रको भातृसंगठन नेपाली जनप्रगतिशील मोर्चा जापानको एकता अधिवेशन हुने भएको छ। सेप्टेम्बर १९ का दिन टोकियोमा एकता अधिवेशन तय भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्