२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

माओवादी केन्द्रको प्रमुख सचेतकमा बस्नेत

नेकपा (माओवादी केन्द्र)को संसदीय दलले प्रमुख सचेतकमा सांसद टेकबहादुर बस्नेतलाई चयन गरेको छ । सिंहदरबारस्थित (माओवादी केन्द्र)को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको काम कारबाहीलाई प्रभावकारी बनाउने लक्ष्यसहित नेता बस्नेतलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो ।

अपराधमा संलग्न भएको आरोपमा माओवादीका दुई कार्यकर्ता निस्काशित

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी जुम्लाले अपराधिक क्रियाकलापमा संलग्न दुई जना कार्यकर्तालाई साधारण सदस्य नरहने गरी निस्काशित गरेको छ।

कांग्रेस माओवादीको पुच्छर भएर हिँड्दा दुःख लाग्छ

बेलायतको लन्डन सहरका लर्ड मेयरले काठमाडौं महानगरपालिकाका तत्कालीन नगरपिता पिएल सिंहलाई 'लर्ड मेयर' भनेर सम्बोधन गर्दा आफूलाई 'किङ अफ स्विपर' अर्थात् 'कुचीकारका राजा' भनी ब्यङ्ग्य गर्ने पिएल सिंहलाई अहिले चटारो छ। उनले त्यतिबेला भनेका थिए– आइ एम लोकल अथोरिटी विथआउट अथोरिटी (म स्थानीय सरकार विना अधिकारको सरकार)।

रिसको झोंकमा माओवादी केन्द्रका नेताले माइन्यूट च्यातेपछि...

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगरले स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको माइन्यूटको पन्ना च्यातिदिएका दएका छन्।

माओवादी नेताद्वारा सरकारको चर्को आलोचना( भिडियो)

संसदमा मुख्य रुपमा प्रतिपक्षले सरकारको आलोचना गर्ने र सत्तापक्षले सरकारको बचाउ गर्ने गरिन्छ। तर बिहीबार बसेको व्यवस्थापिका संसद बैठकमा भने सत्तापक्षका नेताहरुले नै सरकारको चर्को आलोचना गरे।

माओवादी महिला संघको नेतृत्वमा अमृता थापा

अखिल नेपाल महिला संघको केन्द्रीय समिति अध्यक्षमा अमृता थापा चयन भएकी छिन्। भदौ ९–१० मा सम्पन्न राष्ट्रिय एकता भेलाले थापाको नेतृत्वमा ५ सय ११ सदस्सीय केन्द्रीय समिति चयन गरेको हो।

बिप्लव माओवादीद्वारा पत्रकार कुटिए

इटहरी- नेकपा माओवादीको बिप्लप समूहका कार्यकर्ताद्वारा शुक्रबार राति इटहरीमा कार्यरत पत्रकार जीवन फूयँललाई कुटपिट गरेका छन्।

आठ करोडको ऐलानी जग्गा माओवादी केन्द्रलाई !

वीरगन्ज चिनी कारखानाले भोग चलन गरिरहेको सरकारी स्वामित्वको ऐलानी जग्गा सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रलाई दिने गरी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा रहेको सिफारिस समितिले निर्णय गरेपछि शान्त रहेको वीरगन्ज तातेको छ।

सरकारमा जाँदा अलमलियो माओवादी

गत जेठ ६ गते १० वटा कम्युनिस्ट समूहसँग एकीकरण गरेपछि जतिसक्दो चाँडो महाधिवेशन गर्ने योजनामा रहेको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गरेसँगै अलमलमा पर्न थालेको छ। खासगरी पार्टी र सरकारको कामलाई समायोजन र सन्तुलन गरी अघि बढाउने सवालमा माओवादी नेतृत्व अलमलिएको हो।

माओवादीको महाधिवेशन स्थगित

काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले आफ्नो राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ। माओवादी हेडक्वाटर्र बैठकले पौष २८ गतेदेखि गर्ने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

माओवादीभित्र असन्तुष्टि बढ्दो

सरकार गठन र मन्त्री छनोटको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि बढ्दै गएको छ। दसवटा कम्युनिस्ट घटक मिलेर पार्टी एकीकरण भएको ६ महिना बित्न नपाउँदै पार्टीभित्र अनेकथरि असन्तुष्टि देखिएपछि यही वर्ष गर्ने भनिएको महाधिवेशनलाई कसरी सौहार्द्रपूर्ण तरिकाले टुंग्याउने भन्ने समस्या देखिएको नेताहरू बताउँछन्।

माओवादीका तर्फबाट चार राज्यमन्त्री

नेकपा (माओवादी केन्द्र)ले चार सांसदलाई राज्यमन्त्री बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले धनमाया विक शिक्षा, श्रीप्रसाद जगेबुलाई सङ्घीय मामिला तथा स्थानीय विकास, सत्यनारायण भगतलाई ऊर्जा र राधिका तामाङलाई कृषि विकास राज्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

माओवादी केन्द्रले मन्त्रीको टुंगो लगायो

प्रधानमन्त्री पुष्पकमल दाहालले आज आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गर्ने भएका छन्। नेकपा माओवादी केन्द्रले आफ्नोतर्फबाट चार जनाको नाम टुंगो लगाएपछि दाहालले अाज तेस्राे पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। माअाेवादी केन्द्रले जनार्दन शर्मा उर्जा, राम कार्की सूचना तथा संचार, हितराज पाण्डे स्थानीय विकास, डिआर पौडेललाई शिक्षा र अजय शंकर नायकलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ।

माओवादीबाट मन्त्री छान्ने जिम्मा दाहाललाई

काठमाडौं- नेकपा माओवादी (केन्द्र) को हेडक्वार्टर बैठकले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ।

कांग्रेस–माओवादी केन्द्रले लगाए मन्त्रीकाे टुंगाे

नेपाली कांग्रेस र माओवादी केन्द्रले पहिलो चरणमा सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएका छन्। माओवादीबाट उपप्रधान तथा अर्थमन्त्रीमा कृष्णबहादुर महरा, दलजीत श्रीपाली युवा तथा खेलकुद र गौरीशंकर चौधरीलाई कृषि मन्त्रालयको जिम्मेवारीसहित पहिलो चरणमा सरकारमा सहभागी हुने भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्