२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

को को बन्दैछन् माओवादी केन्द्रबाट मन्त्री ?

माओवादी केन्द्रले आफ्नो दलबाट सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल थालेको छ। बिहीबार विहान बसेको हेडक्वाटर बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाममा छलफल गरेको हो। पहिलो चरणमा माओवादीबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा र राम कार्कीलाई मन्त्री बनाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

कांग्रेस–माओवादी र मधेसी मोर्चाबीच तीन बुँदे सहमति

कांग्रेस, माअाेवादी केन्द्र र मधेसी माेर्चाबीच तीन बुँदे सहमति भएकाे छ। तीन बुँदे सहमतिका अाधारमा माेर्चाले प्रधानमन्त्रीका उम्मेद्वार पुष्पकमल दाहालकाेपक्षमा मतदान गर्ने भएकाे छ ।

माओवादीको बाटो

यतिबेला संसद्मा कुनै पनि दलको बहुमत छैन । मिलिजुली सरकार गठन गर्नुपर्ने बाध्यात्मक अवस्था छ। फलस्वरूप संसद्मा दोस्रो ठूलो दल एमालेको नेतृत्वमा क्रमशः तेस्रो, चौथो र पाँचौ गरी अन्य थुप्रै ससाना दलको सहमतिमा ओली नेतृत्वमा सरकारको गठन भएको स्पष्ट नै छ।

कांग्रेस–माओवादी र गठबन्धनबीच तीन बुँदे ‘मौखिक’ सहमति

नेपाली कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनबीच तीन बुँदे मौखिक सहमति भएको छ। मंगलबार विहान बसेको त्रिपक्षीय बैठकमा मधेसी मोर्चाले उठाउँदै आएको मधेसका विषयमा माैखिक सहमति भएकाे हाे।

मन्त्री छनोटमा जुट्दै कांग्रेस-माओवादी

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठन गर्न दिएको समय सकिँदै जाँदा कांग्रेस–माओवादी गठबन्धनका नेता भने मन्त्री छनोटमा केन्द्रित भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव पेस गर्दा सहमतिको सरकार आवश्यक ठानेका कांग्रेस–माओवादीका नेताले त्यसयता सहमतीय सरकारका लागि खासै पहल नगरेको नेकपा एमालेका नेताहरू बताउँछन्।

सरकारको गृहकार्य गर्दै कांग्रेस-माओवादी

नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा पार्टीबाट सहभागिताको विषयमा आन्तरिक गृहकार्य सुरु गरेको छ। सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गरे पनि कांग्रेस र माओवादी बहुमतीय सरकारको गृहकार्यमा जुटेका हुन्।

कांग्रेस–माओवादी गठबन्धन ‘अप्राकृतिक': एमाले सचिव भट्टराई

ताप्लेजुङ– नेकपा एमालेका सचिव एवम् प्रचार बिभागका प्रमुुख योगेश भट्टराईले सरकार निमार्णका क्रममा बन्न लागेको कांग्रेस–माओवादीको गठबन्धनलाई ‘अप्राकृतिक’ गठबन्धनको संज्ञा दिएका छन्। उनले केपी ओली नेतृत्वको सरकार अल्पतमा पर्दादेखि भारतीय भूमिका बढेकोले आगामी अवस्था डर लाग्दो हुुने भयसमेत देखाएको उनले बताएका छन् ।

कांग्रेस-माओवादीले बजेट आश्रित विधेयक पास हुन नदिने

काठमाडौं- संसदको कार्यसुचीमा बजेट आश्रित विधेयक सुरुमै छलफल गर्ने दलहरुबीच सहमति भए पनि विपक्षी कांग्रेस र माओवादीले त्यसलाई पारित हुन नदिने रणनीति लिएका छन्।

मोर्चाका नेताहरुसँग छलफल गर्दै कांग्रेस-माओवादी

सहमति प्रयासका लागि प्रमुख दलहरु बस्नुअघि नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु मधेसी मोर्चाका नेताहरुसँग बैठक बसेका छन्। सिंहदरवारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यलयमा बसेको बैठकले आज २ बजे बस्ने भनिएको संसद बैठकमा कसरी प्रस्तुत हुनेबारे छलफल भइरहेको बताइएको छ।

‘माओवादी शान्तिप्रक्रिया टुंग्याउन चाहँदैन'

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले नेकपा माओवादी केन्द्रले शान्तिप्रक्रिया टुंग्याउन नचाहेको आरोप लगाएका छन्। मन्त्रालयले गरेको गतिविधि सार्वजनिक गर्न बुधबार भएको नियमित पत्रकार सम्मेलनमा खरेलले भने, 'शान्तिप्रक्रिया टुंगो लगाउन माओवादी इच्छुक छ कि छैन?'

अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न माओवादी केन्द्रको ह्विप

काठमाडौं— नेकपा (माओवादी केन्द्र)ले व्यवस्थापिका–संसद्मा सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

परिवर्तनकका मुद्दा सँस्थागत गर्न माओवादी नेतृत्वको सरकारः नेता कार्की

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले परिवर्तनका मुद्दालाई सँस्थागत गर्न माओवादी नेतृत्वको सरकार आवश्यक परेको बताएका छन्। पार्टी एकता भेलामा सहभागी हुन आएका १ नम्बर प्रदेश संयोजक कार्कीले प्रेस सेन्टर उदयपुरद्वारा गाईघाटमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

सरकार ढाल्न काँग्रेस–माओवादीले ७ बुँदे सम्झौता दिल्लीमा गरेको दाबी

प्रधामन्त्री केपी ओलीले सरकार परिवर्तन ‘स्वचालित नभइ ब्याट्रीबाट’ भन्ने अभिव्यक्ति दिएको केही दिनपछि उपप्रधान एवं रक्षामन्त्री भीम रावलले कांग्रेस–माओवादी केन्द्रबीच भएको सात बुँदे सम्झौता दिल्लीमा भएको दाबी गरेका छन्। उपप्रधानमन्त्री रावलले कांग्रेस–माओवादीका नेता दिल्लीमा बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न षडयन्त्र गरेको आरोपसमेत लगाए।

भ्रष्टाराचारी खोज्दै विप्लव माओवादी

जुम्ला– विप्लव नेतृत्वको नेकपा माओवादी जुम्लाले भ्रष्टचारी खोज्ने अभियानलाई तीव्रता दिइएको जनाएको छ। असारे विकासका क्रममा ठूलो आर्थिक अनियमितता हुने गरेको भन्दै गाउँ गाउँमा भ्रष्टचार विरोधी अभियानलाई तीव्रता दिइएको छ।

माओवादीले किन छाड्यो ओली सरकार?

सबैले मान्ने सहयात्राको सिद्धान्त भनेकै विश्वास रहुन्जेल, आशा रहुन्जेल सँगसँगै हिँड्ने, जब विश्वास टुट्छ तब भिन्नाभिन्नै बाटोमा लम्कने संसारकै अभ्यास हो। ओली नेतृत्वको सरकारबाट माओवादीको विश्वास टुट्यो र बाहिरियो। ऊ बाहिरिने बित्तिकै अनेकौं तर्क, विश्लेषण, आकलन र प्रतिक्रिया सुरु भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्