२१ पुस २०८२ सोमबार
image/svg+xml
नरेन्द्रजंग पिटर


नरेन्द्रजंग पिटरका लेखहरु :

वीरगञ्जमा कर्फ्यू लम्बियो, बिहान ८ बजेसम्म कायम रहने

आइतबारदेखि वीरगञ्जमा जारी प्रदर्शनलाई रोकथाम गर्न जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाउने निर्णय गरेको थियो ।

अपडेट: पाटेबाघले मान्छे र गाई मार्‍यो

बाँकेको राप्ती सोनारी–१ कुसुमस्थित सौरी जंगलमा पाटेबाघको आक्रमणमा परेका व्यक्तिको शव फेला परेको छ ।

दशप्रतिशत आगमन बढाउने २०२५ को लक्ष्य अपुरो

सन् २०२४ को तुलनामा कम्तिमा १० प्रतिशत बढी पर्यटक भित्र्याउने सन् २०२५ को लक्ष्य अपुरै रहेको छ। पर्यटन बोर्डले सन् २०२५ मा जम्मा ११ लाख ५८ हजार ४ सय ५९ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको बताएको छ। यो आगमन संख्या अघिल्लो वर्ष ११ लाख ४७ हजार ५ सय ४८ रहेको थियो।

पाटेबाघको आक्रमणबाट भण्डारीको मृत्यु

गाई चराउन गएका बेला आज दिउँसो साढे १ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जंगलमा बाघले आक्रमण गरेको प्रत्यक्षदर्शी पिमलाल डाँगीले जानकारी दिए ।

‘डीजे’ आतंक रोक्न सिरहा प्याब्सनले थाल्यो अभियान

उत्सव, समारोह, पूजालगायतमा बढ्दो डीजे बाजा (चर्को आवाजमा बजाइने बाजा) नियन्त्रण गर्न प्याब्सन सिरहाले अपील गरेको छ।

अन्नपूर्ण क्षेत्रमा पाहुना आगमनमा ‘रेकर्ड ब्रेक’

अन्नपूर्ण क्षेत्रमा घुम्न पुगेका विदेशी पर्यटकको संख्याले नयाँ रेकर्ड कायम गरेको छ। कोरोना भाइरस संक्रमणपछि सन् २०२३ देखि अन्नपूर्ण क्षेत्रले लगातार रुपमा पाहुना आगमनमा नयाँ रेकर्ड बनाउँदै लगेको थियो। पछिल्लो तीनवर्षदेखि हरेक वर्षको आगमन संख्याले उचाँइ लिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।

शीतलहरले कठ्यांग्रिँदै विपन्न

राति पर्ने शीतले परालले छाएको छाप्रो भिज्छ । बिहान त्यो शीतको थोपा ओछ्यानमा चुहिन्छ । ज्यान तताउने लुगाजति सबै भिज्छन् ।

पर्यटकीय क्षेत्र पाहुनाले भरिभराउ

अंग्रेजी नयाँवर्षको सुरुवाती र पुरानो वर्षको बिदाईसँगै विभिन्न सहरमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ। नयाँवर्ष स्वागतार्थ र पुरानो वर्ष बिदाईका क्रममा आयोजित विभिन्न गतिविधिका कारण सहरदेखि हिमाली भेगका पदमार्ग र गन्तव्यसम्म पाहुनाको भीडभाड बनेको त्यहाँका व्यावसायीले बताएका छन। यो सिजनमा आन्तरिक र भारतीय पाहुनाको आगमन उत्साहजनक रहेको त्यहाँका व्यावसायीको भनाई छ।

एकसाथ ६ मन्त्री थपेर मधेश सरकारलाई पूर्णता

मुख्यमन्त्री यादवले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेसँगै सरकारले पूर्णता पाएको छ। यादव गत १९ मंसिरमा मुख्यमन्त्रीमा नियुक्त भएपनि दलीय भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।

शीतलहरले कठ्याङ्ग्रिएर एकको मृत्यु

क्रमिक रुपमा बढ्दै गएको चिसोपनको समयमा न्यानो कपडाको अभावमा राति सुतेको सदाय आज बिहान मृत अवस्थामा ओछ्यानमा भेटिएको प्रहरीले जनाएको छ।

धमाधम एकीकृत हुँदै मधेस केन्द्रित दल

भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि मुलुकको राजनीतिलाई फेरि ध्रुवीकरणतर्फ धकेलिदिएको छ।

पोखराको पर्यटनः अबको एकसातालाई पाहुना पर्याप्त

अबका केहीदिन पोखराका सबैजसो होटल स्वदेशी तथा विदेशी पाहुनाले भरिभराउ हुनेछन्। पर्यटन क्षेत्रमा यो बेला अफसिजन मानिन्छ। तर, पोखराले अफसिजनको यही मौका सदूपयोग गर्दै अढाईदशक अघिदेखि सडक महोत्सव आयोजना गर्दै आएको छ। महोत्सवको त्यही बहानामा पोखरा घुम्न आउने पाहुनाको यो बेला घुइँचो लाग्ने गर्छ। महोत्सवताका पोखरा आउने पाहुनाले गरेको बुकिङका कारण होटल पाहुनामय हुनेछन्।

जसपा नेपाल र जसपाबिच एकीकरण : बुहमत केन्द्रीय सदस्य लिएर उपाध्यक्ष रेणु यादवले गरिन् एकता

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्