२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

प्रहरी महानिरीक्षक कार्कीको चेतावनी: तस्करीमा संलग्न भएको पाइए ठाउँको ठाउँ कारबाही

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सीमा नाकामा बसेर तस्करी गर्नेलाई सहयोग गर्ने प्रहरीहरुलाई ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिएका छ्न्। ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा सम्बोधन गर्दै कार्कीले विगतमा जस्तो यो पटक छुट नहुने बताए।  

पहिला जस्तो केही नहुने ठानेर नाकामा बस्ने प्रहरीहरुले तस्करीमा सहयोग गरेको भेट्ने बित्तिकै संलग्न प्रहरीमाथि टिकट काटेर कारबाही सुरु गरिने कार्कीको भनाइ छ। अहिले पहिला जस्तै तस्करी गर्न नपाएकोहरुले प्रहरीको विरुद्धमा लागेर बदनाम गराउने खोजेको अवस्था रहेको बताउँदै महानिरीक्षक कार्कीले अहिलेको अवस्थामा सीमा नाकामा बसेका प्रहरीहरु स्वार्थमा लागेर चुक्यो भने प्रहरी संगठनै बदनाम हुने भएकोले प्रहरी सतर्क हुनु पर्ने बताए ।  

सिम्रौनगढ र बन्कुलमा तस्करी मालबस्तुहरु बरामद हुने गरेको देखेपछि कार्कीले प्रहरीहरुलाई त्यस्ता कार्यहरुमा नलाग्न सचेत गराएका हुन्।

प्रकाशित: ३१ वैशाख २०८३ १६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App