२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मधेसवादी फकाउँदै कांग्रेस-माओवादी

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव सामना गर्ने तयारी गरेपछि नयाँ गठबन्धनमा जुटेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूको जोड मधेसवादी दललाई फकाउन केन्द्रित छ।

माओवादी नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले नयाँ सरकार गठनकालागि माओवादी केनद्रलाई समर्थन गर्ने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गर्दै सरकार विरूद्ध अविश्वाकाे प्रस्ताव दर्ता गराउने निर्णय गरेकाे छ।

माओवादी निर्णय दुर्भाग्यपूर्ण: एमाले

सत्तारुढ गठबन्धनले सरकारविरुद्ध अविश्वास प्रस्ताव सामना गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले सत्ता छाड्ने बेहोराको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएपछि प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार साँझ बसेको गठबन्धन बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वासको मत पनि नलिने निर्णय गरेको हो ।

कांग्रेस माओवादी केन्द्रबीच यसरी भयो सहमति

सोमबार नेपाली कांग्रेस नेतृत्व र माओवादी (केन्द्र) नेतृत्वबीच नयाँ सत्तागठबन्धनबारे घनीभूत छलफल भयो । पछिल्लोपटक आफ्नो निर्णयबाट ‘ब्याक’ भएकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच दुरी बढेको थियो । यो दुरी कम गर्न मधेसी दलकै एक नेताले भूमिका खेलेको स्रोतको भनाइ छ ।

माओवादीको तीन महिने कसरत

केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्न नेकपा माओवादी केन्द्रलाई करिब तीन महिना लागेको छ । गत असोजमा नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न समर्थन गरेको माओवादीले ६ महिनासम्म आफैँले समर्थन गरेको सरकारलाई सौहार्दपूर्ण तरिकाले सहयोग गरे पनि त्यसयता कहिले सरकारमा रहेर पनि अपहेलित भएको त कहिले प्रधानमन्त्रीले सहयात्रीलाई ध्वस्त पार्न खोजेको भन्दै विरोध गर्न थालेको थियो ।

'माओवादी निर्णय दुर्भाग्यपूर्ण'

काठमाडौं- माओवादी केन्द्रबाहेकका सत्ता गठवन्धनका दलहरुको बैठकले माओवादीको निर्णय दुर्भाग्यपूर्ण भएको निष्कर्ष निकालेको छ।

अाेली सरकार ढाल्न कांग्रेस-माओवादीबीच भएको ७ बुँदे सहमतिमा के छ? [Exclusive]

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र माओवादीबीच अाेली सरकार ढालेर नयाँ सरकार गठन गर्न ७ बुँदे लिखित सहमति भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमतिपत्रको १ नम्बर बुँदामा मधेसको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधन गर्ने उल्लेख छ।

माओवादीसँग कुनै सम्झौता भएको छैनः कांग्रेस नेता

वर्तमान सरकारलाई लिएको समर्थन फिर्ता लिएको माओवादी केन्द्रले कांग्रेससँग मिलेर सरकार चलाउने सहमति भएको बताइरहँदा कांग्रेसले भने माओवादी केन्द्रसँग कुनै सम्झौता नभएको जनाएको छ। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार गठनबारे माओवादीसँग कुनै सम्झौता नभएको जानकारी दिँदै सो विषयमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको बताए।

प्रधानमन्त्रीलाई राजीनामा दिन माओवादीको आग्रह (भिडियाे)

काठमाडौं– ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेको छ। समर्थन फिर्ता लिए लगत्तै सिंहदरबारस्थित पार्टी संसदीय दल कार्यालयमा पत्रकार सम्मेलन गर्दै माओवादीले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेको हो।

'समर्थन फिर्ता लिने निर्णय माओवादी र दाहालकालागि आत्मघाती'

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय माओवादी केन्द्र र प्रधानमन्त्री र त्यसका अध्यक्ष पुष्पकमल दाहाललाई घातक हुने बताएका छन्।

सरकार परिवर्तनबारे माओवादीमा दुई धार, दाहाल द्विविधामा

वर्तमान सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने पहल गर्ने निर्णय गरेको माओवादी केन्द्रमा सरकारलाई दिएको सथमर्न फिर्ता लिने-नलिने विषयमा अन्योल बढेको छ।

कांग्रेसले मानेन माओवादी प्रस्ताव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सहमति सरकार गठन सम्भव नरहेको जनाउँदै वैकल्पिक सरकारको पक्षमा रहेको स्पष्ट पारेको छ। राष्ट्रिय सहमतीय सरकार गठनको पहल गर्ने पार्टी निर्णयअनुसार कांग्रेस समर्थन जुटाउन सोमबार दिउँसो उसकै संसदीय दलको कार्यालय सिंहदबार पुगेका नेकपा माओवादी केन्द्रका नेतालाई पार्टी त्यसको पक्षमा नरहेको बताएका हुन्।

नयाँ सरकारलाई माओवादी सक्रिय

केही दिनदेखि केपी शर्मा ओली सरकारको विकल्प खोजिरहेको नेकपा माओवादी केन्द्रले नयाँ सरकारबारे सहमति जुटाउन भेटघाट तीव्र बनाएको छ। राष्ट्रिय सहमतिको सरकार गठन नभई संविधान कार्यान्वयनमा समस्या आउने तथा विद्यमान समस्या समाधान नहुने अडान राख्दै आएको माओवादीले सोमबार केन्द्रीय कार्यालय (हेडक्वार्टर) बैठक सकिएलगत्तै सक्रियता बढाएको हो।

नेतृत्व हस्तान्तरण गर्न माओवादी दबाब

सत्तारुढ नेकपा माओवादी केन्द्रले पूर्व सहमतिअनुसार नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ। सत्तासाझेदार दलको आइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्व सहमति कार्यान्वयन नगरे सरकारबाट बाहिरिने संकेत दिएका छन्।

माओवादीले एमालेलाई भन्यो: पूर्वसहमति कार्यान्वयन गर

काठमाडौँ-नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) सँग विगतमा भएका सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्