२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

माओवादी सहमतीय सरकारमै

नेकपा माओवादी केन्द्रले वृहत राष्ट्रिय सहमतिको सरकार बनाउन पहल लिने निर्णय गरेको छ। तीन दिन चलेको पोलिटब्युरो बैठकले राष्ट्रिय सरकारले मात्रै मुलुकका समस्या समाधान गर्नसक्ने ठहर गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

माओवादी केन्द्रको बैठक जारी

अनौपचारिक रूपमा एमाले नेतृत्वको सरकारबाट बाहिरिन जोडबल गरिरहेको माओवादी केन्द्रको पोलिटब्युरो बैठकले बुधबार पनि त्यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न सकेन।

माओवादी नेतृत्वलाई सरकार छाड्न दबाब

काठमाडौं-अधिकांश हेडक्वाटर सदस्यले वर्तमान सरकार छाड्ने मनस्थिति बनाएका बेला मंगलबार सुरु भएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा सहभागीले सरकारबाट बाहिरिन थप जोड दिएका छन्।

माओवादी जोड सहमतीय सरकार

केपी शर्मा ओली नेतृत्व सरकारको विकल्प खोज्न पार्टीभित्रै दबाब चुलिएपछि सत्तासाझेदार नेकपा माओवादी केन्द्र 'सहमतीय सरकार' गठनको कसरतमा जुटेको छ। सहमतीय सरकारबाट मात्र संविधान कार्यान्वयन तथा मुलुकका समस्या सम्भव रहेको ठहर गर्दै केन्द्रले सत्तारूढसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका दलसँग वार्ता तीव्र बनाएको छ।

माओवादी–फोरम कार्यकर्ताद्वारा प्रहरी कार्यालय घेराउ

विद्यालय व्यवस्थापन समिति बारे उत्पन्न विवाद अपराधमा परिणत भएपछि पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै सम्बद्ध राजनीतिक दलका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। गत शनिबार राति नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामचन्द्र मण्डल र संघीय समाजवादी फोरमका नेता रामसुखित यादव (एक पक्ष) तथा कांग्रेसका रामवरण पासमानबीच कुटाकुट भएको थियो।

सरकारको विकल्प खोज्दै माओवादी

काठमाडौं-आफैँ सामेल सरकारलाई टिकाउन नौबुँदे सहमति गरेको माओवादी केन्द्रले दुई महिनापछि नै सरकारको विकल्पबारे छलफल बढाएको छ। सरकारबाट कसरी बाहिरिने र कोसँग साझेदार गर्ने भन्ने कसरतमा केन्द्रका नेताहरू लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ।

माओवादी केन्द्रको महाधिवेशन माघभित्रै

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रले आगामी माघ महिनाभित्रै पार्टी महाधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित कार्यविधि बनाएको छ। विभिन्न १० साना माओवादी पार्टीबीच एकीकरण भएको एक महिनापछि संगठनात्मक र निर्वाचन कार्यविधि निर्माण गरेर केन्द्रले आगामी माघभित्र महाधिवेशन गर्ने लक्ष्य निर्धारण गरेको हो।

क्रान्तिकारी माओवादीको अलमलमा

बहुमत केन्द्रीय सदस्य पुरानै पार्टीमा फर्केपछि केही नेताको पहलमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले तीन दिने राष्ट्रिय भेला सम्पन्न गरेको छ। करिब दुई सय केन्द्रीय पदाधिकारीमध्ये बहुमत सदस्य बाहिरिएका बेला उक्त पार्टीले आगामी कार्यदिशा कस्तो बनाउला भन्ने धेरैको चासो रहँदै आएको थियो।

माओवादी केन्द्रसँगको एकता खारेज

काठमाडौं– अघिल्लो महिनासम्म एकीकृत माओवादीसँग एकता गर्ने÷नगर्ने अन्योलमा रहेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले अन्ततः उक्त दलसँग एकता नगर्ने घोषणा गरेको छ।

माओवादी केन्द्रमा १५ सय सदस्य

पार्टी मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पम्फा भुसालले १ हजार ९९ केन्द्रीय समितिलाई १४ सय ९९ मा पुर्‍याइएको जानकारी दिइन्। त्यस्तै पोलिटब्युरोलाई २ सय ५५ बाट २ सय ९९ पुर्‍याइएको छ भने ८५ सदस्यीय सचिवालयलाई ९९ जनामा विस्तार गरिएको छ।

एनसेल टावरमा आक्रमण जारी राख्ने चन्द माओवादीको चेतावनी

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले ‘सामना साँस्कृतिक कार्यक्रम सहितको एकीकृत जागरण अभियान’ सुरु गरेको छ। मंगलबार जनकपुरमा जनयुद्धकालीन सशस्त्र संघर्षमा होमिने गीत–संगीत र नृत्य प्रदर्शन गर्दै पार्टी कार्यकर्ताले सर्वसधारणलाई हौस्याएका छन्।

माओवादी केन्द्रमा भद्रगोल

काठमाडौं- समान विचार र धारणा राख्ने दस पार्टी एकीकरणको एक महिना नाघ्दा पनि नवघोषित नेकपा माओवादी केन्द्रले पार्टीको कार्यदिशा र पदाधिकारी टुंगो लगाउन सकेको छैन। पार्टी एकीकरणपछि भावी दिशा तय गर्न वर्षमान पुन नेतृत्वमा गठित नौ सदस्यीय कार्यदलले काम नगर्दा सिंगो पार्टी योजनाविहीन बनेको कार्यकर्ताको गुनासो छ।

माओवादीले छाड्यो, किसानले छाडेनन्

दाङ–द्वन्द्वकालमा सिरीखुरी कब्जा घोषणा गर्दै माओवादीले 'लालझन्डा' गाडेपछि घोराही, बर्गदीका कृष्णप्रसाद शर्मा गाउँबाट विस्थापित भए । २०५८ मंसिरमा सेनाको गोली लागेर ११ किसान मारिएको घटनामा माओवादीले सुराकी आरोप लगाएपछि उनी काठमाडौं बस्न थाले।

ओली गठबन्धन अल्पमतमा - एकीकृत नेकपा माओवादीले वर्तमान सरकार छाड्ने निर्णय

काठमाडौं- प्रमुख सत्तासाझेदार एकीकृत नेकपा माओवादीले वर्तमान सरकार छाड्ने निर्णय लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व गठबन्धन अल्पमतमा परेको छ। बुधबार बिहान बसेको एकीकृत माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले परिणाममुखी काम गर्न नसकेको भन्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्