२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादीको महाधिवेशन स्थगित

काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले आफ्नो राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ। माओवादी हेडक्वाटर्र बैठकले पौष २८ गतेदेखि गर्ने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।  

शुक्रबार लाजिम्पाटमा बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन्, ‘अध्यक्ष कमरेडको नेतृत्वमा बनेको सरकारका कामलाई प्रभावकारी बनाउनु हाम्रो अहिलेको प्राथमिकता हो । सरकारकै काममा मूख्य ध्यान दिनुपर्ने र पार्टीका काममा अध्यक्षले पर्याप्त समय दिन नसक्ने वस्तुगत परिस्थितिका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको छ।’ प्रवक्ता भुसालका अनुसार महाधिवेशन स्थगितसँगै भदौं ११ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक पनि स्थगित गरिएको छ । ‘भदौं ११ गते काठमाडौंमा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक स्थगित गरिएको छ । त्यसको बिकल्पमा सात वटै प्रदेशमा केन्द्रीय कार्यालयको उपस्थितिमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागितामा प्रदेशस्तरीय बैठक सम्पन्न गरिनेछ’, प्रवक्ता भुसालले भनिन्।

प्रवक्ता भुसालका अनुसार पार्टी अध्यक्ष प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभएको र महाधिवेशनमा केन्द्रित हुँदा सरकारका काम प्रभावित हुनसक्ने अवस्थालाई मध्यनजर गरेर महाधिवेशन स्थगित गरिएको हो। 

प्रकाशित: ३ भाद्र २०७३ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App