२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको राष्ट्रिय भेला सर्‍यो

काठमाडौं-  नेकपा माओवादी केन्द्रले राष्ट्रिय भेलाको समय सारेको छ। केन्द्रले कार्तिक १० र ११ गते राजधानीमा गर्ने भनेको पार्टीको भेला मंसीर २ गतेलाई सार्ने निर्णय गरेको हो।

शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको कार्यालयको बैठकले राष्ट्रिय भेला मंसीर २ गते सार्ने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले मसेसी, थारु, जनजाति लगायतका शक्तिहरुसँग छलफल र बार्ता गर्नुपर्ने कामको चापलाई मध्यनजर गर्दै भेला सारीएको बताइन्।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाले शनिबारबाट हुने गोवा भ्रमणबारे नेताहरुलाई ब्रिफिङ गरेका थिए। प्रधानमन्त्रीले बैठकमा चीनका राष्ट्रपति, श्रीलङ्काका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीसँग भेटको कार्यक्रम रहेको जानकारी दिँदै रुसका राष्ट्रपतिसँग भेटको सम्भावना रहेको जानकारी दिएका थिए।

प्रकाशित: २८ आश्विन २०७३ ११:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App