२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
प्रवास

जापानका माओवादी एकीकृत हुँदै

टोकियो—जापानस्थित माओवादी केन्द्रको भातृसंगठन नेपाली जनप्रगतिशील मोर्चा जापानको एकता अधिवेशन हुने भएको छ। सेप्टेम्बर १९ का दिन टोकियोमा एकता अधिवेशन तय भएको हो।

माओवादी पार्टीहरु एकीकरण भए पनि भातृसंगठन अलग अलग रहँदै आएको सन्दर्भमा एकता अधिवेशन हुन लागेको हो।

माओवादी पार्टीहरु एकीकरण भए पनि भातृसंगठन अलग अलग रहँदै आएको सन्दर्भमा एकता अधिवेशन हुन लागेको हो।

सो अधिवेशनलाई सम्बोधन गर्न नेकपा माओबादी केन्द्रका प्रभावशाली नेताहरु केन्द्रीय सदस्य देव गुरुङ, सचिवालय सदस्य लिलामणि पोखरेल र पोलिटब्यूरो सदस्य युवराज चौलागाईं जापान आउने मोर्चा स्रोतले जनायो।

अधिबेशन सेप्टेम्बर १९ तारिख टोकियोको निशी ओगिकुबो स्थित किनरो फुकुसी खाइकानमा बिहान १० बजेदेखि हुनेछ। अधिवेशनको घोषणा समारोहमा भने नेपालको समसामयिक राजनैतिक बिषयवस्तुमा नेताहरुसँग जापानबासी नेपालीहरुले खुला अन्तर्क्रिया गर्ने छन्।

यसअघि मोर्चाले टोकियो, नागोया, गुन्मा, तोचिगी लगायतका क्षेत्रीय कमिटीहरुको अधिवेशन सम्पन्न गरिसकेको छ। माओवादी भातृ संगठन मोर्चाले जापानभरि संगठन विस्तार गरिरहेको छ।

प्रकाशित: २७ भाद्र २०७३ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App