७ आश्विन २०८१ सोमबार
image/svg+xml

अध्यक्ष आफैँले मलाई जिताउनुस् भन्न मिल्दैन: भीम रावल

सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै महाधिवेशनको हलले अध्यक्ष केपी ओलीलाई जिम्मा दिएको हो?

ओलीले भोलि पार्टीको नयाँ पदाधिकारीहरुको नाम प्रस्ताव गर्ने, चित्त नबुझे निर्वाचनमा जान समेत बाटो खुलाउने

चितवनमा जारी बन्द सत्रमा उनले नयाँ पदाधिकारीको नाम प्रस्ताव गर्ने र त्यसमा चित्त नबुझे निर्वाचनमा जान समेत बाटो खुलाउने छन्।

नेतृत्व सर्वसम्मत बनाउने जिम्मा ओलीलाई, नेता रावलको आपत्ती

महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा सहभागीहरुले पदाधिकारी चयनको विषयलाई सर्वसम्मत बनाउन ओलीलाई जिम्मा दिएका हुन्।

एमाले सिद्धियो भनेर खुसी मनाउनेहरुको सपना भंग भएको छः अध्यक्ष ओली

अधिवेशनबाट एमालेले दुईवटा कुरा गर्न चाहेको बताउँदै उनले भने, ‘एउटा जनपरिचालन र अर्को जनमत को सँग छ भनेर देखाउनु थियो, एमालेलाई सिद्याईयो भनेर खुसी मनाउनेहरुको खुसी क्षणिक रुपमा परिणत गरिदिनु थियो।’

एमाले महाधिवेशनः यस्तो देखियो बन्दसत्र (फाेटाेफिचर)

चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं महाधिवेसनको बन्दसत्र सुरु भएको छ।

भीम रावल भन्छन्ः सर्वसम्मतको प्रयास कहाँ भइरहेको छ मलाई थाहा छैन

नेकपा एमालेकाे अध्यक्षमा दावी गरेका भीम रावलले सर्वसम्मतको प्रयासबारे आफूलाई केही थाहा नभएको बताएका छन्।

एमाले अधिवेशनमा पूर्व माओवादीले भनेः हाम्रो कुनै 'अब्जेक्सन' छैन

नेकपा एमालेको सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेसनमा सर्वसम्मतको प्रयास जारी नै छ।

एमाले महाधिवेशनः सहमतिमा नेतृत्व चयन गर्न कसरत

उद्घाटन सत्रअगाडि पनि ओलीले धेरैजसो नेतालाई राखेर सहमतिको प्रयास गरेका थिए। साँझ पनि एकचरण छलफल भएको थियो तर नेताहरूले आफ्नो अडान कायमै राखेका कारण सहमति बन्न सकेको छैन।

ओलीले भनेः मलाई अप्ठ्यारो पार्ने, मेरो खुट्टा तान्नेहरु आज प्रधानमन्त्रीको खुट्टा समाइरहेका छन्

‘प्रधानमन्त्रीजी शायद काम गर्न चाहनुहुन्थ्यो कि? प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि? मलाई अप्ठ्यारो पार्ने, मेरो खुट्टा तान्नेहरु आज उहाँको खुट्टा समातिरहेका छन्। त्यसरकाण उहाँलाई पनि अप्ठ्यारा छन् कि?’

ओलीको प्रश्नः प्रचण्डजी पावर देखाउनुस्, किन देखाउनु हुन्न?

‘पहिला त प्रधानमन्त्रीले काम गर्न दिनु भएन भन्नुभएको थियो, अहिले त तपाईँहरु सरकारमा हुनुहुन्छ, पावर देखाउनुस्, किन देखाउनुहुन्न पावर? किन समाधान गर्नु हुन्न द्वन्द्वपीडितका समस्याहरु?’, अध्यक्ष ओलीले भने।

मधेशका माग पूरा गर्न प्रधानमन्त्री देउवालाई ठाकुरको अनुरोध

चितवनमा जारी नेकपा एमालेको दशौं महाधिवेशनको सफलताको कामना गर्दै उनले प्रधानमन्त्री देउवासँग सो माग गरेका हुन्।

एमाले देशको सबैभन्दा ठूलो पार्टी होः कमल थापा

उनले महाधिवेशनमा आएका प्रतिनिधिहरुले दिगो शान्तिको लक्ष्यबारे गम्भीर भएर सोच्न पनि आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवा चितवनमा

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन्। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आइपुगेका हुन्।

यसरी हुँदैछ आज महाधिवेशन उद्घाटन

महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।

प्रदेश १ बाट एमाले महाधिवेशनमा ४ सय ५० बस सौराहा प्रस्थान

नेकपा एमालेको १०‍औं राष्ट्रिय महाधिवेशनका लागि ४ सय ५० बस सौराहा प्रस्थान गरेका छन्। प्रदेश १ बाट २५ हजार नेता कार्यकर्ता ओसार्न उक्त बस प्रयोग गरिएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्