coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीको प्रश्नः प्रचण्डजी पावर देखाउनुस्, किन देखाउनु हुन्न?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया नटुंगिएको बताउँदै शान्ति प्रक्रिया नटुंगिनुमा नेकपा (माओवादी केन्द्र)का अभ्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को दोष रहेको बताएका छन्। नेकपा एमालेको १० औं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।  

उनले द्वन्द्वपीडितको समस्याको समाधान लागि प्रचण्डले ध्यान दिनुपर्ने पनि बताए। ‘पहिला त प्रधानमन्त्रीले काम गर्न दिनु भएन भन्नुभएको थियो, अहिले त तपाईँहरु सरकारमा हुनुहुन्छ, पावर देखाउनुस्, किन देखाउनुहुन्न पावर? किन समाधान गर्नु हुन्न द्वन्द्वपीडितका समस्याहरु?’, अध्यक्ष ओलीले भने।

उनले पार्टीको महाधिवशेनलगत्तै ठूलो संख्यामा रहेका द्वन्द्वपीडित एमालेमा प्रवेश गर्ने बताउँदै तिनीहरुका समस्या एमालेले समाधान गर्ने पनि बताए।

प्रकाशित: १० मंसिर २०७८ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App