७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

मधेशका माग पूरा गर्न प्रधानमन्त्री देउवालाई ठाकुरको अनुरोध

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशका माग पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन्। चितवनमा जारी नेकपा एमालेको दशौं महाधिवेशनको सफलताको कामना गर्दै उनले प्रधानमन्त्री देउवासँग सो माग गरेका हुन्।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई मधेश आन्दोलनका राजबन्दीहरुलाई रिहाइ गर्न र मुद्धा फिर्ता लिन समेत माग गरे। उनले सो सम्बन्धमा प्रधानमन्त्री देउवाले पनि आश्वासन दिएको उल्लेख गर्दै सो आश्वासन पूरा गर्न अनुरोध गर्दै सो माग पूरा नगरे मधेश आन्दोलन पुनः चर्किने समेत चेतावनी दिए।

सो क्रममा उनले पार्टी सफलताको कामना गर्दै आफ्नो पार्टीको मागलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सहयोग गरेकोमा धन्यवाद समेत दिए। उनले आफ्नो पार्टीका मागमा पूर्व प्रम ओलीले सद्भाव देखाएको बताउँदै सो सद्भावकै कारण मेधस आन्दोलनका कतिपय नेता कार्यकर्ताहरु रिहाइ भएको बताए।

प्रकाशित: १० मंसिर २०७८ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App