१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले सिद्धियो भनेर खुसी मनाउनेहरुको सपना भंग भएको छः अध्यक्ष ओली

नेकपा एमाले सिद्धियो भनेर खुसी मनाउनेहरुको सपना १० औँ महाधिवेशनमा जनताको उपस्थिती देखेर भंग भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

अधिवेशनबाट एमालेले दुईवटा कुरा गर्न चाहेको बताउँदै उनले भने, ‘एउटा जनपरिचालन र अर्को जनमत को सँग छ भनेर देखाउनु थियो, एमालेलाई सिद्याईयो भनेर खुसी मनाउनेहरुको खुसी क्षणिक रुपमा परिणत गरिदिनु थियो।’

बन्द सत्रबाट विधान महाधिवेशनले पारित गरेका नीतिहरुलाई कार्यान्वयन गर्दै जाने अध्यक्ष ओलीले बताए। देशमा देखिएको राजनीतिक समस्याको ठिक ढंगले समाधान गर्दै जाने नेतृत्व अधिवेशनबाट चयन हुने उनले बताए।

पार्टीलाई एकताबद्ध बनाएर देशमा देखिएका र आउने चुनौतीको समाधान गर्न सक्ने नेतृत्व तयार गर्नुपर्ने उनले बताए।

बिहान ८ः३० बजेबाट सुरु हुने भनिएको बन्द सत्र दिउँसो तीन बजेबाट सौराह स्थित होटल सेभेन स्टारमा सुरु भएको थियो। बन्द सत्रमा विदेशी कम्यूनिष्ट पार्टीका नेताहरुले पनि शुभकामना दिँदै संवोधन गरेका थिए।

बन्द सत्र सकिएसँगै निर्वाचनको कार्यक्रम अघि बढ्ने एमालेले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०७८ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App