२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

भीम रावल भन्छन्ः सर्वसम्मतको प्रयास कहाँ भइरहेको छ मलाई थाहा छैन

ओली केही बोलेनन्

नेकपा एमालेकाे अध्यक्षमा दावी गरेका भीम रावलले सर्वसम्मतको प्रयासबारे आफूलाई केही थाहा नभएको बताएका छन्। चितवनकाे सौराहामा जारी पार्टीको १० औं महाधिवेशसनमा अध्यक्ष केपी शर्मा ओलीले भीम रावलसँग सर्वसम्मतको प्रयास भइरहेको बताएका थिए। जसलाई खण्डन गर्दै रावलले सर्वसम्मतको प्रयास नभएको बताएका हुन्।

उनले भने, 'ओलीजीले भने जस्तै हामीबीच सर्वसम्मतको प्रयास भएको मलाई थाहा छैन।'

आज सन्चारकर्मीसँगको कुराकानीमा रावलले निर्वाचन प्रक्रिया सुरु भएको केही बेरमै अध्यक्षमा दर्खास्त दिएको देख्न सकिने पनि बताए। उनले भने, 'अबको केही बेरमै तपाईहरुले मेरो उम्मेदवारी देख्न सक्नुहुन्छ।'

उनले आफ्नो उम्मेदवारीले आन्तरिक एकतामा कुनै असर नगर्ने बताए। यस्तै, केन्द्रीय कमिटीको संख्या बढाएकोमा उनले कुनै टिप्पणी नभएको बताए।

ओली बन्दसत्रको हलभित्र प्रवेश गर्दैगर्दा सर्वसम्मत हुन्छ भन्ने प्रश्नमा केही नबोलेर हात हल्लाउँदै अघि बढेका छन्।

प्रकाशित: ११ मंसिर २०७८ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App