६ आश्विन २०८१ आइतबार
image/svg+xml

नागरिकताको विषयमा गठबन्धनले घोषणा गरेर हुँदैन: भीम रावल

आज प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन्। राष्ट्रपतिले नागरिकता विधेयक संसदमा फिर्ता पठाएर राष्ट्रियताको रक्षा गरेको उनको भनाइ छ।

गठबन्धनले विवादित नागरिकता विधेयक जारी गरेर देश डुबाउने खेल गरे: पदम गिरी

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पास गर्न नहुने बताए।

नागरिकता कुनै समुदायको विशेष कुरा होइन, सिंगै देशको साझा सवाल हो: एमाले

नेकपा एमालेले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक टाउका गनेर पारित गरिएकोमा यसको दुष्परिणाम भोग्नुपर्ने बताएको छ। सत्ता गठबन्धनले विधेयकलाई जस्ताको तस्तै पारित गर्ने कुरा गरेकोप्रति एमालेले आपत्ति जनाएको हो।

नागरिकता विधेयकमाथि संसदमा छलफल सुरु,एमालेको असन्तुष्टिबीच आजै पारित गरिँदै

संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। संसदले बहुमतले स्वीकृत गरेको छ।

यो गठबन्धन देशद्रोही हो: केपी ओली

बुधबार झापामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पाँच दलीय गठबन्धनले देश बनाउने एमालेको लक्ष्यलाई पूरा गर्न नदिएको आरोप लगाएका छन्।

विशाल भट्टराईको प्रश्न: सरकार कोसँग सम्झौता गरेर ७ वर्षे व्यवस्था हटाउन जबरजस्ती गरिरहेको?

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक संदेशसहित फिर्ता हुनु राजनीतिक दलहरूका लागि नागरिकता विधेयकमा राष्ट्रिय सहमति तय गर्ने सुवर्ण अवसर भएको बताए।

राष्ट्रपतिले प्रधानमन्त्रीसँग परामर्श गरेर नागरिकता विधेयक संसदमा फिर्ता पठाएको एमालेको दाबी

‘यसलाई एमालेसँग जोडेर होइन, सिङ्गो मुलुकको भावना बुझेर कानूनविदसँग परामर्श गरेर र मैले सुनेअनुसार स्वयम् प्रधानमन्त्रीसँग पनि परामर्श गरेर संसदमा पठाउनुभएको छ।’

एमाले फेरी लोकप्रिय भएर सरकारमा आउँछ: उपाध्यक्ष नेम्वाङ्ग

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले आगामी संघ र प्रदेशको निर्वाचनबाट एमाले फेरी सरकारमा आउने बताएका छन्।

निहारिका र नाबालक दुवैलाई तत्काल न्याय दिलाउन एमाले सांसद पालको माग

आइताबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पालले सरकारसँग यस्तो माग गरेकी हुन्। उनले सरकारले दोषी प्रमाण प्रशस्त हुँदा समेत नाहारिकालाई न्याय दिन नसकेको आरोप लगाइन्।

गोकुल बाँस्कोटाले भने: भो-माया, नक्कली वाम एकताको एकतारे नबजाऊ ल!

'खमेरुज (कम्कोडिया) मोडलबाट आरम्भ भएको उग्रवामपन्थ प्रचण्ड मोडेल माओवाद नभइ लिलीशानपथमा (दक्षिणपन्थी) पुगेर बिसर्जित हुनै थियो। र, फाइनल्ली त्यो भयो। पेरुको शाइनिंगपथवाला गोन्जालो पनि अन्तिममा अल्बर्टो फुजिमोरी सरकारलाई सिरानी हालेर सकिएको थियो। भो-माया,नक्कली वाम एकताको एकतारे नबजाऊ ल!

चुनाव जित्न सबै विकल्प खुला, भदौमा तीनै तहको बैठक

‘गठबन्धनबारे खासै छलफल भएन तर आवश्यकताअनुसार कतैकतै गठबन्धन हुन पनि सक्ने कुरा आएको छ तर कोसँग भन्ने स्पष्ट भएको छैन। सहकार्य गर्न चाहनेका लागि एमालेले ढोका खुला राखेको छ,’ सचिवालय बैठकका एक सहभागीले भने। पार्टी अध्यक्ष ओलीले देशभर एमालेविरुद्ध गठबन्धन हुन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे।

कर्णाली प्रदेश: गठबन्धन हुँदा एमालेलाई गाह्रो

एमाले र माओवादीबीचको गठबन्धन भत्काएर देशैभर एमालेलाई सत्ताबाट बाहिर राखेको कांग्रेस संघ र प्रदेशमा पनि उसलाई एक्ल्याउन चाहन्छ। एमाले–माओवादीबीच अघिल्लो निर्वाचनमा तालमेल हुँदा स्थानीय तहमा पनि कांग्रेस तेस्रो शक्ति थियो। कांग्रेस यसपटक कर्णालीमा पहिलो शक्तिको रुपमा उदाएको छ।

निर्वाचनको प्रारम्भिक रणनीति तयार गर्न एमालेको सचिवालय बैठक बस्दै

कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार बिहीबारको बैठकमा पार्टीले सात वटै प्रदेशमा हालै सम्पन्न गरेको प्रशिक्षण कार्यक्रमको समीक्षा हुनेछ।

महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्नुपर्छ: सांसद बस्नेत

उनले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगि कामहरु गरेको आरोप लगाएका छन्।

काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि एमालेसँग एक्लै भिड्ने हिम्मत रहेनः प्रदीप ज्ञवाली

यस्तै आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको पनि बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्